साउन १३, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड निर्धारण गरेको छ । 

 माओवादी केन्द्रको सचिवालयको बिहिवार पार्टी मुख्यालयमा बसेको बैठकले मन्त्री छनोटका लागि मापदण्ड निर्धारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड निर्धारण गरेको छ । 

 माओवादी केन्द्रको सचिवालयको बिहिवार पार्टी मुख्यालयमा बसेको बैठकले मन्त्री छनोटका लागि मापदण्ड निर्धारण "/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले बनायो मन्त्रीका लागि मापदण्ड

२०७३, १३ श्रावण बिहीबार ०४:३२

साउन १३, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड निर्धारण गरेको छ । 

 माओवादी केन्द्रको सचिवालयको बिहिवार पार्टी मुख्यालयमा बसेको बैठकले मन्त्री छनोटका लागि मापदण्ड निर्धारण गरेको हो । मन्त्री हुनका लागि नेताहरुको दैलो चहार्नेहरुको संख्या बढेपछि माओवादी केन्द्रले मापदण्ड तय गरेको हो। यद्यपि, बैठकले तय गरेका मापदण्ड सार्वजनिक गरिएका छ्रैनन् । 

पार्टी प्रवक्ता पम्फा भुषालले काम गर्न सक्ने क्षमता भएकाहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने निर्णय भएको तर व्यक्तिका बारेमा भने टुंगोमा पुग्न बाँकी रहेको जानकारी  दिएकी छन् । 

नेकपा एमाले नेतृत्वका सरकारमा सहभागी भएकाहरु पनि नयाँ सरकारमा मन्त्री हुनका लागि इच्छुक देखिएपछि माओवादी केन्द्रमा मन्त्री छनोटको काम जटिल बनिरहेको छ । 

प्रवक्ता भुषालले मापदण्ड तय भइसकेकाले अब मन्त्री छनोट गर्न समस्या नहुने भन्दै फेरि बैठक बसेर मन्त्री बन्नेको नाम टुंगो लगाउने जानकारी दिईन ।सचिवालयको बैठकमा सरकारको प्राथमिकताका विषयमा समेत छलफल भएको छ । 

भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण, संविधानमा व्यवस्था गरिएका स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन, असन्तुष्ट पक्षका माग सम्बोधन, उर्जा संकट लगायतका विषयलाई नयाँ सरकारले प्राथमिकता दिने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार