साउन १३,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो म"/>
२०८३, ९ जेष्ठ शनिबार
काठमाडौँ - KTM

बाढीपहिरो पीडितलाई राहत र उद्धार गर्न उपराष्ट्रपति पुनको आग्रह

२०७३, १३ श्रावण बिहीबार ०५:३९

साउन १३,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

उपराष्ट्रपति पुनले आज एक विज्ञप्ति प्रकाशित गरी प्यूठान, बागलुङ, रोल्पा, दाङ, पाल्पा, कपिलवस्तु, मकवानपुर, झापा, उदयपुर, रुपन्देही, अर्घाखाँची, पर्वत, सर्लाही, दोलखा, बारा, बाँकेलगायतका जिल्लामा बाढीपहिरोबाट दर्जनौँ मानिसको मृत्यु भएको, कतिपय बेपत्ता र घाइते भएको, तराई मधेसमा डुबानका कारण हजारौँ नागरिक विस्थापित भएको र पहिरोले सयौँ परिवारको उठिबास भएको घटनाप्रति उनले दुःख व्यक्त गरे । 

उनले बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

तराई मधेसको बाढी र डुबान, पहाडको बाढी पहिरोमा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न, बाढी पहिरोमा परेका पीडितहरुको यथाशीघ्र उद्धार गर्न र पीडितलाई राहत दिलाउन उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

यस्तै, उनले आज अपराह्न धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो