साउन १३,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो म"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

बाढीपहिरो पीडितलाई राहत र उद्धार गर्न उपराष्ट्रपति पुनको आग्रह

१३ श्रावण २०७३, बिहीबार ०५:३९

साउन १३,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

उपराष्ट्रपति पुनले आज एक विज्ञप्ति प्रकाशित गरी प्यूठान, बागलुङ, रोल्पा, दाङ, पाल्पा, कपिलवस्तु, मकवानपुर, झापा, उदयपुर, रुपन्देही, अर्घाखाँची, पर्वत, सर्लाही, दोलखा, बारा, बाँकेलगायतका जिल्लामा बाढीपहिरोबाट दर्जनौँ मानिसको मृत्यु भएको, कतिपय बेपत्ता र घाइते भएको, तराई मधेसमा डुबानका कारण हजारौँ नागरिक विस्थापित भएको र पहिरोले सयौँ परिवारको उठिबास भएको घटनाप्रति उनले दुःख व्यक्त गरे । 

उनले बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

तराई मधेसको बाढी र डुबान, पहाडको बाढी पहिरोमा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न, बाढी पहिरोमा परेका पीडितहरुको यथाशीघ्र उद्धार गर्न र पीडितलाई राहत दिलाउन उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

यस्तै, उनले आज अपराह्न धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार