Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 26, 2020 झापा - JP, समाज

गोरु काट्ने तीन पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p>असोज १०, झापा | झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीमा गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।<br></p><p>पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारीका २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय टीकाराम दनुवार रहेका जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको, गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनेर स्थानीयवासीले प्रहरी चौकी खबर गरेका थिए । उखुबारीमा गाडिएको अवस्थामा टाउको र खुट्टासमेत फेला पारिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रास&nbsp;</p>