असोज ११, ताप्लेजुङ । गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो ।

डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो । ट्याक्टरका चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

ट्याक्टरबाट खसेर निधन
Leave a Comment