साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्"/>
साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्"/>
साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्द्रसँगको एकता पछीको पहिलो सचिवालय बैठक सम्पन्न गरेको छ । अभियानले बैठकमा साउनभित्रै देशब्यापी रुपमा अभियानको केन्द्रिय समिति बिस्तार गरि भदौमा अभियानको अधिवेशन गर्ने तयारी गरेको छ । नेपालमा सुशासनको अभ्यास स्वरूप काम गर्न स्थापित यो अभियानले माओवादीसँग एकता पछी 'सदाचार, निष्पक्षता, निर्भिकता' भन्ने नारालाई जोडेर आफुलाई ७५ जिल्लामै बिस्तार गरि देशभर सुशासनको लागि काम गर्ने तयारी गरेको जनाएको छ । अभियानको केन्द्रिय कार्यालयमा बसेको बैठकपछी बोल्दै अभियानका अध्यक्ष भविश्वर पराजुलीले देशमा भ्रष्टाचार नियन्त्रण पछी मात्र समग्र कुराको बिकास हुने बताए । उनले देशको समग्र परिस्थितीलाई डामाडोल बनाउने काम भ्रष्टाचारले गरेको भन्दै तत्काल ७५ जिल्लाबाटै भ्रष्टाचारीहरुलाई कारबाहीको काम थालिने बताए । त्यस्तै अभियानका महासचिव सुदर्शन पौडेलले आगामी अधिवेशनको लागि ७५ जिल्लाबाटै सक्रिय उपस्थिति गराई अभियानको तेश्रो अधिवेशन सफल बनाउन एक भएर जुट्नुपर्ने बताए । भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले दश बर्षदेखि नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि बिभिन्न भूमिका खेल्दै आएको छ । कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
एकतापछी भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको पहिलो बैठक सम्पन्न
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार