१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेसिन लगाउँदै धान काट्दै

२० आश्विन २०७७, मंगलवार ०५:२८

असोज २०, टीकापुर । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर  धान काट्न लगाउनुभयो ।  उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको छ ।

‘‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर सुन जस्तै पहेंलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन्’’, उहाँले भन्नुभयो, ‘‘विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै धान काट्ने गरेका किसान अहिले एकै दिनमा मेसिनको प्रयोगले धेरै धान काट्न थालेँ । आजभोलि धान काट्ने मेसिन रिपरको सहायताले धान काटिरहेका छन् ।’’ धान खेती गर्ने किसानलाई मेशिन भित्रिएपछि सजिलो भएको छ । 

विगतमा परिवारको सङ्ख्या बढी  हुनेले  धेरै काम गर्न सकिन्छ भन्ने थियो । हुन पनि परिवारमा धेरै सङ्ख्या भएकाले खेतीपाती बढी गर्थे ।  अहिले जमाना फेरिएको छ । एक सातामा सम्पन्न गरिने काम आजभोलि एक दिनमै सकिन थालेको छ । रिपरको सहायतामा धान काट्दा एक घण्टामा एक बिघा धान काट्न सकिन्छ । धेरै खेतीपाती गरेका किसानलाई धान काट्नका लागि धेरै जनशक्ति चाहिने गरेको अवस्थामा रिपरले अहिले धेरै सहज बनाएको जोशीपुरका रमेश सार्कीले सुनाउनुभयो । ‘‘रिपरको सहयोगमा धान काट्दा श्रमशक्ति खोज्ने झन्झट कम हुन्छ । धान काट्न लागत समेत कम लाग्ने भएकाले धान कटाइमा रिपरको सहायताले धेरै सहज भएको छ’’, उहाँले भन्नुभयो, ‘‘अब खेती गर्न चाहनेलाई सजिलो भएको छ । खेत जोत्न, काट्न सबै काम गर्न मेसिनको सहयोगले सकिन्छ ।’’

जानकी गाउँपालिकाका धर्मेन्द्र न्यौपानेले रिपरको सहयोगमा एकै दिनमा ६ बिघामा रहेको धान काट्नुभयो । उहाँले ७ घण्टामा ६ बिघा धान  काटेर भ्याएको बताउनुभयो । ‘‘मौसम हेरेर धान काटियो, अब एकै दिन मजदुर लगाएर धान उठाएर खेतमै दाउने योजना छ’’, उहाँले भन्नुभयो, ‘‘मौसम यस्तो छ । छिटो काम सके ढुक्क हुन्छ भनेर मेसिन ल्याएर धान काटेका हुँ ।’’ रिपरले एक घण्टामा एक विघा क्षेत्रफलको धान काट्न सक्छ । यसका लागि थोरै जनशक्ति खेतमा परिचालन भए पुग्छ । रिपरको सहायताले धान काट्दा काम छिटो र समयमा सम्पन्न हुनेभएकोले मौसमबाट हुने जोखिम समेत कम हुने किसानको भनाइ छ । किसान शर्मिला चौधरीले एकै दिन काटेमा धान मज्जाले सुक्ने र खेतबाट समयमा किसानले धान उठाउन पाउँदा समयमा तरकारीबाली लगाउन पाउने, हिउँदे बाली लगाउन पाउने बताउनुभयो । ‘‘लागत कम र सहज भएकाले हामीले मेशिनकै सहयोग लिन थालेका छौँ, ”’ उहाँले भन्नुभयो, ‘‘ धान काट्न रिपर र  कम्बाइन हार्भेस्टर लगायतका साधनको प्रयोग गर्न थालेको छ ।’’ रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै