साउन १५, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्पादनमुखी शिक्षाको विकास गर्नुपर्नेमा जोड

१५ श्रावण २०७३, शनिबार ०५:५८


साउन १५, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गरी विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण गर्नुपर्ने खाँचो रहेको बताएका छन् । 

पे्रसिडेन्टियल बिजिनेस स्कुलले आज आयोजना गरेको दीक्षान्त समारोहमा उपराष्ट्रपति पुनले स्वदेशमा अध्ययन सकेका जनशक्तिले आफ्नो डिग्रीलाई थन्काएर खाडी मुलुकमा जान बाध्य रहेको अहिलेका अवस्थामा समयसापेक्ष उत्पादनमुखी शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए । 

उनले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिलाई स्वदेशमा उपयोग गर्नुपर्ने बताउँदै देशभित्र केही गर्छु भन्ने जनशक्तिलाई राज्यले संरक्षण गर्नुपर्छ भने । 

सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले देशमा व्यवस्थापनको अभावले विकासनिर्माणका काम अगााडि बढ्न नसकेको बताए । 

स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले स्वदेशमा अन्तर्राष्ट्रिय तहको गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।  निर्देशक कल्पना गुरुङले उच्च शिक्षालाई सहज, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउन सरकारले नीतिगत तथा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । 

स्कुलका विद्यार्थी अनुज श्रेष्ठ, नीलम केसी, केकी अधिकारी, कल्याण अधिकारी र सन्जोग राईले विद्यालयका गतिविधि तथा सिकेका अनुभव सुनाएका थिए । कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार