२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति चुनाव २०२० : कहिले आउँछ परिणाम ?

२०७७, १८ कार्तिक मंगलवार ०९:२७

कार्तिक १८, एजेन्सी | अमेरिकी राष्ट्रपति चुनाव ३ नोभेम्बर अर्थात आज भइरहेको छ | आजको निर्वाचनले ह्वाइट हाउसमा डोनल्ड ट्रम्प टिकिरहनेछन् वा अब जो बाइडेन राष्ट्रपति  बन्ने कुराको निश्चित हुनेछ | नेपाली समय अनुसार मंगलबार बेलुकाबाट मतदान शुरु हुने भएको छ | स्थानीय समय अनुसार मंगलबार विहान स्थान अनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ |

प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको बताइएको छ | नेपाल र अमेरिकामा लगभग १२ घण्टाको अन्तर छ त्यसैले अमेरिकामा बिहान मतदान सुरु हुनेछ तर नेपालमा मंगलबार बेलुका भइसकेको हुनेछ |

अमेरिकामा मतदान समाप्त हुँदा नेपालमा बुधबार हुनेछ | यो बर्ष कोरोना महामारीका कारण यस पटक त्यहाँ धेरैजसो मतदाताले पहिले नै मतदान गरिसकेका छन् | त्यसकारण मतगणनामा ढिलाई हुनसक्ने अधिकारीहरुले बताएका छन् |

अमेरिकाको अलग–अगल राज्यमा मतदानको अलग–अलग समय छ | सोहि अनुसार मतदान समाप्त भएपछि अलग–अलग राज्यमा मतगणना सुरु गरिन्छ |  मतदान भएको राती मतगणना समाप्त नभएपनि बिजेता को हुने भन्ने निश्चित रुपमा थाहा हुन्छ | तर मतको गन्ती समाप्त भइसक्दैन त्यसपछि यसलाई प्रोजेक्सन वा रुझान मात्रै भनिन्छ |

यो वर्ष कोरोना महामारीका कारण पहिलेको तुलनामा धेरै मानिसहरुले पहिले नै वा त डाकबाट वा आफैं गएर मतदान गरिसकेका छन् | डाकबाट हालिएको पोस्टल मतको गन्तीमा धेरै समय लाग्छ किनभने त्यसमा मतदाताको पहिचान गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ |

फ्लोरिडा र ओहायोजस्ता केही राज्यमा पहिचानको यो प्रक्रिया थुप्रै हप्ता अघि सुसरु हुन्छ त्यसैले त्यहाँ पोस्टल मतको गन्ती मतदानलगत्तै सुरु हुन्छ र को जितिरहेको छ भने थाहा हुन्छ । तर पेन्सिल्वेनिया र विस्कोन्सिनजस्ता राज्यमा मतदानको दिन अघि जाँच प्रक्रिया सुरु गर्ने अनुमति हुँदैन ।

यस्तोमा यी राज्य नतिजाका लागि महत्वपूर्ण हुन्छन् र यसपटक चुनाव अधिकारीले भनिसकेका छन् कि मतको गन्तीमा थुप्रै दिन लाग्न सक्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु