साउन १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । 

सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । 

सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डा"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि पुनः मौखिक आग्रह

२०७३, १६ श्रावण आईतवार ०१:०९

साउन १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । 

सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार शीतल निवास पुग्नुभएको थियो । 

भेटका क्रममा नेताहरुले सहमतिको सरकार गठनका लागि भइरहेको प्रयासबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए । सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा सकिनै लाग्दा समेत सहमतिको सम्भावना नजुटेकाले बहुमतीय प्रक्रिया अघि बढाउन समेत नेताहरुले राष्ट्रपतिलाई आग्रह गरेका थिए । 

राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहका अनुसार राष्ट्रपतिले सहमतीय सरकारका लागि अझै प्रयास गर्न प्रमुख दलका नेतालाई मौखिक रुपमा आग्रह गर्नुभएको छ । यद्यपि समयसीमाभित्र सहमतिको सम्भावना नरहेकाले राष्ट्रपतिले सोमबार पुनः बहुमतीय प्रक्रियाद्वारा सरकार गठनका लागि एक साताको समय दिने सम्भावना रहेको साहले बताउनुभयो । 

राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै काँग्रेस सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना सकिएकाले बहुमतीय प्रक्रियाका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिएको बताउनुभयो । 

फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले सहमतिको प्रयासका लागि आजसम्म भइरहेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताउनुभयो । सहमतिका लागि सोमबार अपराह्न २ बजे बस्ने संसद्को बैठकअघिसम्म सम्भावना रहेकाले त्यसका लागि प्रयास गरिने नेताहरुले बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो