साउन १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । 

सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । 

सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डा"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि पुनः मौखिक आग्रह

१६ श्रावण २०७३, आईतवार ०१:०९

साउन १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । 

सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार शीतल निवास पुग्नुभएको थियो । 

भेटका क्रममा नेताहरुले सहमतिको सरकार गठनका लागि भइरहेको प्रयासबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए । सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा सकिनै लाग्दा समेत सहमतिको सम्भावना नजुटेकाले बहुमतीय प्रक्रिया अघि बढाउन समेत नेताहरुले राष्ट्रपतिलाई आग्रह गरेका थिए । 

राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहका अनुसार राष्ट्रपतिले सहमतीय सरकारका लागि अझै प्रयास गर्न प्रमुख दलका नेतालाई मौखिक रुपमा आग्रह गर्नुभएको छ । यद्यपि समयसीमाभित्र सहमतिको सम्भावना नरहेकाले राष्ट्रपतिले सोमबार पुनः बहुमतीय प्रक्रियाद्वारा सरकार गठनका लागि एक साताको समय दिने सम्भावना रहेको साहले बताउनुभयो । 

राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै काँग्रेस सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना सकिएकाले बहुमतीय प्रक्रियाका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिएको बताउनुभयो । 

फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले सहमतिको प्रयासका लागि आजसम्म भइरहेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताउनुभयो । सहमतिका लागि सोमबार अपराह्न २ बजे बस्ने संसद्को बैठकअघिसम्म सम्भावना रहेकाले त्यसका लागि प्रयास गरिने नेताहरुले बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार