साउन १६, काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिको तत्काल व्यवस्थापन गर्न र उपयुक्त स्थानमा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ । 

समितिले बाढीपहिराबाट हुन सक्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिको तत्काल व्यवस्थापन गर्न र उपयुक्त स्थानमा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ । 

समितिले बाढीपहिराबाट हुन सक्ने"/>

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्धार उपकरण तयारी अवस्थामा राख्न निर्देशन

१६ श्रावण २०७३, आईतवार ०९:५८

साउन १६, काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिको तत्काल व्यवस्थापन गर्न र उपयुक्त स्थानमा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ । 

समितिले बाढीपहिराबाट हुन सक्ने क्षतिको तत्काल व्यवस्थापन गर्न उपयुक्त स्थानमा डोजर, स्काभेटर र बेलिब्रिज जस्ता उपकरण तयारी अवस्थामा राखी सहज परिचालनको व्यवस्था अविलम्ब मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकले बाढीपहिराले जनधनमा पु¥याएको क्षति तथा उद्धार र राहतमा भइरहेका कामका बारेमा सम्बन्धित सरकारी अधिकारीसँग छलफल गरेको थियो । 

बैठकमा सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी, गृह सचिव नारायणगोपाल मलेगो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल लगायतले उद्धार राहतका सम्बन्धमा सरकारका तर्फबाट भएका कामकारबाहीका बारेमा जानकारी गराउनुभएको थियो । 

सभापति अधिकारीले बाढीपहिराबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी विस्थापित परिवारको गाँस, बास र खानाको उचित व्यवस्थापन गर्न र आहत परिवारलाई समयानुसारको उपयुक्त राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभयो । 

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक पूर्वसावधानीका सूचकको विकास गरी सामुदायिक रेडियो लगायत मिडियाबाट पूर्वजानकारी प्रचारप्रसार अभियान सञ्चालन गर्ने र जोखिमपूर्ण स्थानमा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गर्न समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

राष्ट्रिय राजमार्ग, जिल्ला सदरमुकाम तथा गाविस जोड्ने प्रमुख मार्ग, सडक÷पुलमा भएको वर्षात्को क्षतिको तत्काल पुनःनिर्माण सुरु गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । 

समितिले प्रकोप व्यवस्थापनमा राज्यका विभिन्न निकायले पूर्वतयारी साथ आन्तरिक व्यवस्थापन मिलाई आवश्यक नवीनतम उद्धार उपकरण सामग्रीसहित जनशक्ति संयोजन गरी तयारी हालतमा राख्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । 

त्यस्तै बैठकले प्राकृतिक प्रकोपका समयमा थलामा नै परिचालन हुने कर्मचारीलाई हाल रहेको सात दिनको काजमा खटाउने व्यवस्थालाई आवश्यकतानुसार खटाउन सकिने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि निर्देशन दिएको सभापति अधिकारीले जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध