साउन, काठमाडौं । नेपालमा व्यवहारिक शिक्षाको ईतिहास हेर्ने हो भने निकै कम पाईन्छ । पछिल्लो समयमा व्यवहारिक शिक्षा केन्द्रित पढाईलाई केहि महत्व दिने गरेता पनि रोजगारमुलक व्यवहारिक शिक्षाको कमि निकै नै छ । त्यसकारण पनि प्ढाई पछिको रोजगारी सुनिश्चितताको लागी हजारौ युवाहरु विदेशिने गरेका छन् ।
अष्ट्रेलिया,क्यानडा र अमेरिका लगायत देशहरु नेपाली बिद्यार्थीका लागि रोजाईका देश बनेका छन् । लाखौ खर्चेर आफ्नो भविष्य खोज्नका लागि बिदेशिने गरेका बिद्यार्थीले आफुले सोचे जस्तो कागजपत्र मिल्न नसक्दा निकै विचलित पनि हुने गरेका छन् ।
यस्तै व्यबहारिक पक्षलाई अष्ट्ेलियामा लामो समय अगाडी देखि भोग्दै अनि देख्दै आएका अष्ट्ेलियाबासी नेपाली व्यवसायिक गणेश के सी ले आफ्नो सकृयतामा प्यासिफिक हस्पिटालिटी एण्ड क्लुनरी एकेडेमी नामको शिक्षण संस्थाको स्थापना गरेका छन् । मैतिदेवि बाट शिक्षा सेवा दिदै आएको यो एकेडेमीमा जम्मा नौ महिनाको कोर्ष हुन्छ ।
नौ महिना व्यवहारिक शिक्षा हासिल गरेपछि जुन सुकै देशमा पनि उक्त बिद्यार्थीले रोजगार पाउने बताईएको छ । बिशेष गरी उक्त शिक्षा हासिल गरेका व्यक्तिले अष्ट्रेलियामा पिआर पाउने सम्भावना उच्च हुने संचालक गणेश केसी बताउछन् ।
जम्मा नौ महिनाको कोर्ष , साढे छ लाखमा पुरा हुन्छ , प्लस टु पास अनिवार्य हुनुपर्छ र अंग्रजीमा राम्रो हुनेका लागि निकै उपयोगी कोर्ष हो यो केसी बताउछन् ।