२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

जिल्ला प्रशासनबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

५ मंसिर २०७७, शुक्रबार ११:३६

मङ्सिर ५, पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले  सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ ।  कार्यालयले बिहीबार सूचना जारी गर्दै विभिन्न छ प्रकारका सेवा लिन आउँदा  परिचयपत्रको फोटोकपी अथवा उक्त परिचयपत्रका लागि विवरण दर्ता गराएको सुनिश्चित पेजको फोटोकपी सम्लग्न राख्नुपर्ने जनाएको छ । 

कार्यालयले राहदानी बनाउन तथा लिन, आदिवासी जनजाति सिफारिस लिन, सङ्घ संस्था दर्ता तथा नवीकरण गर्न, पारिवारिक विवरण तथा नाता प्रमाणित गर्न र नाबालक सिफारिस गर्ने अभिभावकका साथ उक्त सामग्री सम्लग्न राख्नुपर्ने प्रशासनले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार सरकारले वित्तीय संस्थामा खाता खोल्न, चलअचल सम्पत्ति बिक्री गर्न, सामाजिक सुरक्षा भत्ता लिन, शेयर खरिद बिक्री गर्न, लोकसेवा आयोगको फाराम भर्न, राहदानी बनाउन, पानी, विद्युत् तथा टेलिफोनको विल तिर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागेकाले नागरिकता प्राप्त सबै व्यक्तिका लागि कार्यालयमा उक्त व्यवस्था गरिएको हो । 

परिचयपत्रको विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरणको काम  जिल्लाबाट शुरुआत भएको थियो ।  यसको प्रयोग अनिवार्य गर्ने कार्यको शुरुआत पनि जिल्लाबाटै हुन लागेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली