५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लाका किसान ओखरखेतीमा आकर्षित

१२ मंसिर २०७७, शुक्रबार ०८:३५

मङ्सिर १२, खलङ्गा । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हँुदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका  लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका–८ का  कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिन्ुभयो ।   

तिला गाउँपालिका–१ का  रमा बुढाले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत वृद्धि गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्थानीय सरकारले किसानका लागि राहत हुने गरी काम गर्नुपर्र्छ र  अनुदानको व्यवस्था मिलाउनु पर्छ ।” आगामी वर्ष ओखर बेचेर रु दुई लाखसम्म कमाउन सक्ने गरी बगँैचा व्यवस्थापनमा आफूहरु  जुटेको हरिकला रोकायाले जानकारी दिनुभयो । शुरुको चरणमा हुुर्काउन दुःख हुने गरेको छ । पछि हुर्केपछि ओखरमा खासै दुःख नहुने यहाँका किसान बताउँछन् । 

कम मेहनतमा बढी आयआर्जनमा सहयोग पुग्ने खेती ओखर भएको किसानको अनुभव रहेको छ । खरिद गर्न व्यापारी गाउँमै आउने गरेका छन् । यहाँका आठवटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ । एकै बोटमा रु पाँच हजारसम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ रहेको छ ।

अहिले खलङ्गा बजारका विभिन्न चोकमा ओखर बेच्ने किसानको भीडभाड हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले ओखरखेती गर्नेको सङ्ख्या जिल्लामा बढेको जानकारी दिनुभयो । कार्यालयका अनुुसार जिल्लामा १९० हेक्टरमा ओखरखेती हुने गरेको छ । उहाँले भन्नुभयो, “एक वर्षमा १५ टनसम्म ओखर फल्ने गरेको छ । अधिकांश किसानले ओखर कोसेलीघरमा पुगेर प्याकेजिङ गरी बिक्री गर्ने गरेका छन् ।” बजारमा अहिले ओखरको मूल्य प्रतिदाना रु १० का दरले बिक्री हुने गरेको धिताल अर्गानी पसलका सञ्चालक टीकाराज धितालले जानकारी दिनुभयो । 

काठमाडौं पोखरा, नेपालगञ्ज  सुर्खेतलगायतका जैविक पसलमा यहाँको ओखर खपत हुने गरेको छ । मागअनुसार यहाँका किसानले सहजै पुर्याउन नसकेको बताइएको छ ।  तीन रोपनी जग्गा एकै क्लष्टरमा भएका किसानको समूह बनाएर बिरुवा, काँटछाट, रोगकिरा नियन्त्रण र सिँचाइका क्रियाकलाप उपलब्ध गराइएकोे कार्यालयले जनाएको छ । 

ओखर बेचेर जिल्लामा करोडभन्दा बढी भित्र्याउने गरिएको कोसेली घरकासञ्चालक गोविन्द आचार्यले जानकारी दिनुभयो ।  यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए