साउन १७, पर्वत | जिल्लामा स्थानिय तहको संरचना तथा सीमना निर्धारण आयोगले ६ वटा स्थानिय तहको संरचनाको प्रस्ताब गरेपछि  मगर समुदायले आफ्नो छुट्टै गाउँपालिका बनाउन माग गर्दै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पर्वत | जिल्लामा स्थानिय तहको संरचना तथा सीमना निर्धारण आयोगले ६ वटा स्थानिय तहको संरचनाको प्रस्ताब गरेपछि  मगर समुदायले आफ्नो छुट्टै गाउँपालिका बनाउन माग गर्दै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका छन् ।

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करवाकेली गाउँपालिका बनाउन मगर समुदायको माग

१७ श्रावण २०७३, सोमबार १५:०३

साउन १७, पर्वत | जिल्लामा स्थानिय तहको संरचना तथा सीमना निर्धारण आयोगले ६ वटा स्थानिय तहको संरचनाको प्रस्ताब गरेपछि  मगर समुदायले आफ्नो छुट्टै गाउँपालिका बनाउन माग गर्दै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका छन् ।

जिल्लाका सात गाविस बाँसखर्कm लेखफाँट, शालिजा, धाइरिङ, बनौं, क्याङ र देउराली गाविसका मगर समुदाय भएका वडाहरुलाई समेटी करवाकेली गाउँपालिका बनाउन माग गर्दै उनीहरुले जिल्ला विकास समितिको कार्यालयमा ध्यानकार्षण गरेका हुन । उक्त गाविसमा रहेका राजनीतिक दल, बुद्धिजिवी तथा सरोकारवाला निकायहरुसँग छलफल गरी करवाकेली नगरपालिका बनाउनको लागि आफुहरुले माग गरेको नेपाल मगर संघ पर्वतकी अध्यक्ष खममाया पुन फगामीको हस्ताक्षेरीत विज्ञप्तीमा उल्लेख छ । करवाकेली गाउँपालिकाको लागि बाँसखर्क, क्याङ र बनौका सवै वडाहरु, लेखफाँटका ४,७, ८ र ९ वडा, शालिजाका २, ३, ५, ६, ७, ८ र ९, धाइरिङको वडा नं ६ र देउराली गाविसका १, २, ३, ४ र ५ वडाहरुलाई समायोजन गरी गाउँपालिका बनाउन माग गरेका हुन । उक्त गाउँपालिका निर्माण गर्नको लागि तथा संरचनाको फेरबदल गर्नको निम्ती सोमबहादुर फगामी पुनको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ । सहसंयोजकमा नरसिंह पुन रहेका छन् भने सदस्यहरुमा बलबहादुर पुन, भिमबहादुर पुर्जा, हम बहादुर फगामी, धन बहादुर पुन, सिमा पुसन, खममाया पुन, होम बहादुर पुर्जा, नर बहादुर पुन रहेका छन् । त्यसैगरी ठक बहादुर पुन, रामबहादुर पुन , युबराज पुन, याम बहादुर पुर्जा, बलबहादुर पुर्जा,  चक्रबहादुर फगामी, मनबहादुर पुन, ओमबहादुर रोका,  युवराज पुन, जिवन फगामी, पदम बहादुर पुन, भक्त बहादुर पुन, कुलबहादुर पुन, गौ बहादुर पुन छन् ।  सोमबहादुर फगामी पुनले  मगर समुदायहरुलाई समेटेर छुट्टै गाउँपालिका बनाउँदा मगर समुदायका धर्म, साँस्कृति, परम्परा तथा रितिरिवाजको प्रर्वद्धन  गर्न सहज हुने बताए । उनले आफुहरुले तयार पारेको गाउँपालिकाको केन्द्रको लागि क्याङको ठूली देउरालीलाई बनाउने र आयोगको नियमअनुसार नै हुने पुनको तर्क छ । स्थानिय निकायको तह संरचना तयार भएपछि  हाल पाइरहेका सेवासुविधा अझ सहज रुपमा पाउने र सक्षम स्थानीय तह हुनुपर्ने आवश्यकताबीच सन्तुलन कायम गरी स्थानीय तहको हुनेमा आफुहरु विश्वस्त रहेको उनीहरुको तर्क छ । आयोगले जनसंख्या वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति, जिल्ला समन्वय समितिको संरचना र र विद्यमान स्थानीय निकायको संख्याको अनुपातलाई आधार मानेर स्थानीय तह निर्धारण गर्नुपर्ने उल्लेख गरेको छ ।

एउटा गाउँपालिका हुन २५ हजार तथा नगरपालिका हुन ३५ हजार जनसङ्ख्या हुनुपर्ने आयोगले प्रारम्भिक प्रस्ताव छ । आयोगले तोकेको मापदण्ड अनुसार गाउँपालिका वा नगरपालिकाका प्रत्येक वडामा यथाशक्य बराबर जनसङ्ख्या रहने गरी नाक्साङ्कन बनाउने तोकेको छ ।  नेपालको संविधानको  धारा २९५ को उपधारा ३ अनुसार गत वर्ष चैत १ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन ‘सङ्घीय आयोगको गठन’ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान