सम्राट सिंह | साउन १७, बझाङ | बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन १७, बझाङ | बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा क"/>
२३ चैत्र २०८१, शनिबार
अर्थ/विकास

बझाङमा बर्षेनी यार्सा उत्पादनमा कमी

१७ श्रावण २०७३, सोमबार १५:१४

सम्राट सिंह | साउन १७, बझाङ | बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा कमी भएको छ । 

यार्सा उत्पादन कम हुदै गएपछि संकलकहरुले पनि यार्सा कम पाउने हुदाँ  जिल्लाको आर्थिक आम्दानीमा समेत ह्रास आएको छ । गएको ८ वर्ष बाट बझाङको् हिमाली क्षेत्रमा यार्सा संकलन गर्न थालिएको हो । हाल सम्मको संकलनको परिमाण हेर्दा २०७० सालमा सवै भन्दा बढी ३ क्विन्टल ७२ केजी संकलन भएको थियो । २०७० साल सम्म यार्सा संकलनको परिमाण बर्षेनी बढ्दै आएपनि पछिल्ला तिन वर्षयता भने लगातार यार्सा संकलन कम हुदै गएको छ ।

गतवर्ष ३ क्विन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष २ क्युन्टल ३७ किलोमा झरेको छ । यार्सा वाट मात्र जिल्ला बन कार्यालयले ६० देखी ८० लाख सम्म राजश्व संकलन गदै आएको छ । पछिल्लो तिन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ जिल्ला बन कार्यालयका यार्साको छुटपुर्जी दिने कर्मचारी जगाधर जोशीले भने यसले राजश्वर र स्थानियको आम्दानीमा समेत ह्रास आएको छ । आईतवार सम्म यो पाली २ सय ३७ किलोको व्यापारीहरुले छुटपुर्जी लिएको छ जोशीले भने अब सकियो जस्तो  छ । यार्साको कारोवार गर्ने  जिल्ला भन्दा  बाहिरका व्यापारी बढी छन् । 

यार्सा उत्पादनको बृद्धि संगै मुल्यमा पनि प्रतिकेजी २२ लाख सम्म पुगेको यार्साको मुल्य गत विगत वर्ष झरेर १०/१२ लाख र यो वर्ष १४ लाखमा खरिद भई रहेको छ । काठमाण्डौका व्यपारी आएर खरिद गर्ने यार्सा उनिहरुले विदेशीहरु संग कतिमा विक्री गरेर कती फाईदा खान्छन्  यो कुरा भने यहाँका संकलकहरु अनविज्ञ छन् । 

सिजनमा यार्सावाट बझाङ जिल्लामा राजश्व बाहेक ५० करोडजती आम्दानी हुने गर्दछ । यो रकम सवै यहाँका संकलकहरु कमाउन्छन् । जिल्लाका उत्तरीभेगका वासिन्दाहरुको मुख्य आम्दानीको सा्रेत मानियको यार्सागुम्वा उत्पादनमा कमी आएपनि यसको संरक्षणको लागी राज्य र स्थानिय तहवाट कुनै पहल नभएको सुर्मा गाविसका दान बहादुर पुजाराले वताए । उनले भने दामासाही रुपमा संकलन हुन्छ कसरी कहिले संकलन गर्ने संकलनका आफ्नै अनुभव हुदाँ पनि समस्या आएको छ । यार्सा उत्पादन हुने स्थानमा हजारौ मानीसहरुको आवतजावत , प्लाष्टिक , सिकाका बोत्तल जुत्ता चप्पल काम नलाग्ने कपडाहरु जथाभावी फाल्नेगर्दा  साथै  हिमपात पनि कमहुने भएकाले यार्सा उत्पादनमा ह्रास आएको सुनिकोट रैसल्लीमा बस्ने दल बहादुर बुढाले वताए ।

 

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?