सम्राट सिंह | साउन १७, बझाङ | बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन १७, बझाङ | बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा क"/>
2026-09-19 02:02 AM
अर्थ/विकास

बझाङमा बर्षेनी यार्सा उत्पादनमा कमी

सम्राट सिंह | साउन १७, बझाङ | बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा कमी भएको छ । 

यार्सा उत्पादन कम हुदै गएपछि संकलकहरुले पनि यार्सा कम पाउने हुदाँ  जिल्लाको आर्थिक आम्दानीमा समेत ह्रास आएको छ । गएको ८ वर्ष बाट बझाङको् हिमाली क्षेत्रमा यार्सा संकलन गर्न थालिएको हो । हाल सम्मको संकलनको परिमाण हेर्दा २०७० सालमा सवै भन्दा बढी ३ क्विन्टल ७२ केजी संकलन भएको थियो । २०७० साल सम्म यार्सा संकलनको परिमाण बर्षेनी बढ्दै आएपनि पछिल्ला तिन वर्षयता भने लगातार यार्सा संकलन कम हुदै गएको छ ।

गतवर्ष ३ क्विन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष २ क्युन्टल ३७ किलोमा झरेको छ । यार्सा वाट मात्र जिल्ला बन कार्यालयले ६० देखी ८० लाख सम्म राजश्व संकलन गदै आएको छ । पछिल्लो तिन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ जिल्ला बन कार्यालयका यार्साको छुटपुर्जी दिने कर्मचारी जगाधर जोशीले भने यसले राजश्वर र स्थानियको आम्दानीमा समेत ह्रास आएको छ । आईतवार सम्म यो पाली २ सय ३७ किलोको व्यापारीहरुले छुटपुर्जी लिएको छ जोशीले भने अब सकियो जस्तो  छ । यार्साको कारोवार गर्ने  जिल्ला भन्दा  बाहिरका व्यापारी बढी छन् । 

यार्सा उत्पादनको बृद्धि संगै मुल्यमा पनि प्रतिकेजी २२ लाख सम्म पुगेको यार्साको मुल्य गत विगत वर्ष झरेर १०/१२ लाख र यो वर्ष १४ लाखमा खरिद भई रहेको छ । काठमाण्डौका व्यपारी आएर खरिद गर्ने यार्सा उनिहरुले विदेशीहरु संग कतिमा विक्री गरेर कती फाईदा खान्छन्  यो कुरा भने यहाँका संकलकहरु अनविज्ञ छन् । 

सिजनमा यार्सावाट बझाङ जिल्लामा राजश्व बाहेक ५० करोडजती आम्दानी हुने गर्दछ । यो रकम सवै यहाँका संकलकहरु कमाउन्छन् । जिल्लाका उत्तरीभेगका वासिन्दाहरुको मुख्य आम्दानीको सा्रेत मानियको यार्सागुम्वा उत्पादनमा कमी आएपनि यसको संरक्षणको लागी राज्य र स्थानिय तहवाट कुनै पहल नभएको सुर्मा गाविसका दान बहादुर पुजाराले वताए । उनले भने दामासाही रुपमा संकलन हुन्छ कसरी कहिले संकलन गर्ने संकलनका आफ्नै अनुभव हुदाँ पनि समस्या आएको छ । यार्सा उत्पादन हुने स्थानमा हजारौ मानीसहरुको आवतजावत , प्लाष्टिक , सिकाका बोत्तल जुत्ता चप्पल काम नलाग्ने कपडाहरु जथाभावी फाल्नेगर्दा  साथै  हिमपात पनि कमहुने भएकाले यार्सा उत्पादनमा ह्रास आएको सुनिकोट रैसल्लीमा बस्ने दल बहादुर बुढाले वताए ।

 

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई