2026-09-08 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सय वर्ष पार गर्दा पनि छैन नागरिकता

मङ्सिर २२, सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उहाँसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उहाँ वञ्चित हुनुहुन्छ । 

“यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई राज्यले हेरेन”, उहाँले भन्नुभयो, “वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुनेथियो ।” श्रीमान्को पनि निधन भएपछि पछिल्लो पाँच वर्षदेखि एक्लो बन्नुभएकी छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानामगरले बनिबुतो गरेर संरक्षण गर्दै आउनुभएको छ । “आर्थिक अवस्था कमजोर भए पनि ज्याला मजदूरी गरेर उनीहरूले सकेको सहयोग गर्दै आएका छन् । सरकारले बूढेसकाल लागेपछि हेर्छ पालनपोषण गर्छ भन्ने सुनेको थिएँ तर मलाई वास्ता गरेनन्”, उहाँले भन्नुभयो, “नागरिकता बनाइदिए हुनेथियो मर्ने बेला भयो तर नागरिकता कस्तो हुन्छ थाहा छैन ।”

माइती पक्षका कोही पनि नहुँदा नागरिकता लिनबाट वञ्चित छत्रमाया यतिबेला राज्यले प्रदान गर्ने सेवा सुविधाबाट पनि वञ्चित हुँदै आउनुभएको स्थानीय एकराज पहाडीले बताउनुभयो । “सकेको पालनपोषण गरेको देखिन्छ । नागरिकता भए पाल्ने र पालिने दुवैलाई केही राहत मिल्ने थियो”, उहाँले भन्नुभयो । साविक हतपते गाउँ विकास समितिमा माइती रहेको र आफन्त नरहेको वृद्धाले बताउँदै आएको उहाँले जानकारी दिनुभयो ।

कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीले आफूले दशैँमा १०० वर्ष पार गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उहाँले नागरिकता नपाएको थाहा पाएको बताउनुभयो । उहाँलाई नागरिकता दिलाउन कमलामाईले प्रमुख जिल्ला अधिकारीसँग पहल गर्ने बताउनुभयो । यदि नागरिकता दिलाउन नसके पनि कमलामाईले संरक्षण गर्नुपर्ने ज्येष्ठ नागरिकका लागि संरक्षण गर्न नगरपालिकाले आवश्यक योजना बनाउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले नागरिकतामा भर्नुपर्ने विवरणका आवश्यक प्रमाण पुगेमा उहाँले नागरिकता प्राप्त गर्नसक्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल