साउन १८, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहनुभएका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहनुभएका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थि"/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

महावीरलाई ५ कक्षाका विद्यार्थीको साथ

१८ श्रावण २०७३, मंगलवार ११:४०

साउन १८, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहनुभएका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थित सूर्योदय पब्लिक स्कुलका कक्षा ५ का निशान घिमिरेले रु पाँच हजार सहयोग गरेका छन् । 

यहाँ आज आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष लक्ष्यबहादुर केसीले आफ्ना विद्यार्थीले सहयोग गरेको उक्त रकम पुनलाई हस्तान्तरण गर्नुभयो । यसअघि आविष्कार केन्द्र खोल्न सहयोग माग्दै जनताको आँगनमा पुग्नुभएका पुनले त्यसका लागि पोखरास्थित आफ्नो २८ रोपनी जग्गा दान दिने घोषणा गर्नुभएको थियो । 

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईका पालादेखि चार सरकार प्रमुखलाई उहाँले आविष्कार केन्द्र खोल्न सहयोग वा सहुलियतमा ऋण दिन आग्रह गर्नुभएको थियो तर प्रत्येक प्रधानमन्त्रीले उहाँलाई आश्वासन दिए पनि सहयोग दिएका छैनन् । 

म्याग्दी निवासी पुनले आफ्नो जिल्ला र छिमेकी जिल्ला पर्वतका गाउँ गाउँमा एकल प्रयासले ‘वायरलेस नेटवर्क प्रोजेक्ट’ सञ्चालन गरेर देश र समाजलाई सेवा पु¥याउँंदै आउनुभएको छ । विज्ञान प्रविधि केन्द्रका संस्थापक समेत रहनुभएका उहाँले स्थानीयस्तरमै अनुसन्धान केन्द्र खोलेर ग्रामीण क्षेत्रका जनतालाई सहयोग गर्दै आउनुभएको छ । गाउँमा बेतारे सञ्जालमार्फत सामाजिक र आर्थिक क्रान्ति गरेकामा पुनले सन् २००७ मा ‘रामोन म्यागासेसे सम्मान’ पाइसक्नुभएको छ । 

अभियानकर्मी पुनले गाउँलाई प्रविधियुक्त बनाउने आफ्नो योजनाबारे जानकारी दिँदै सबैको सहयोगले मात्र आफू सफल हुने बताउनुभयो । छात्र घिमिरेले पुनको अभियानबाट प्रभावित भएर आफूले प्रतीकात्मक रुपमा मात्र सहयोग गरेको बताउँदै आफ्नो यो कार्यले सम्बन्धित निकायको ध्यानाकर्षण हुने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था