२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोजगारीका लागि भारत हिडेका सल्यानका एक व्यक्ति बाटोबाटै हराए

२३ मंसिर २०७७, मंगलवार ०९:२५

शंकर केसी | मंसिर २३,सल्यान | सल्यान सिनवाङका एक ब्यक्ति एक हप्ता देखी सम्पर्क विहिन भएका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङ छापनेटाका ४२ वर्षिय चन्द्र बहादुर खड्का सम्पर्क विििहन भएको उनको घर परिवारले जनाएकोे छ । 

गत मंशिर १६ गते मजदुरीको लागि भारत जान्छु भनेर हिडेका चन्द्र बहादुर अहिले सम्म सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन उनकी श्रीमति रुपि खड्काले अनुरोध गरेकी छिन् । उनले हराइरहेका आफ्ना श्रीमानको खोजज तलासका लागि इलाका प्रहरी कार्यालय लुहाममा निवेदन समेत दिइसकेको जानकारि गराइन् । 

दाङ तुलसिपुर स्थित गहतेमा बसोबास गर्दै आएका आफ्ना भाइ पिमलाल महताराको घरमा बास बस्न जाने र त्यहीँबाटै भाइसंग काम गर्न भारत जाने भनेर घरबाट निस्कीएका चन्द्र बहादुुर अहिले सम्म पनि घरपरिवार र आफन्तीसंगग सम्पर्कमा नआएको भन्दै परिवारले खोजिका लागि आग्रह गरेको हो ।

उनकी श्रीमति रुपि खड्काले भनिन्, ‘मंशिर १६ गते दिउँसो ३ बजे तीर घरपरिवारको सल्लाह बमोजिम काम गर्न जान्छु भनेर निस्कनु भयो, बेलुकी ५ बजे सम्म त्रिवेणीको टुनिबोट बजारमा छु, अव दाङ जान्छु भनेर फोन गर्नुभएको थियोे । त्यसपछी उहाँ भाइको घरमा पनि पुग्नु भएन, अहिले सम्म कहाँ हुनुहुन्छ भन्ने बारे केही पनि थाहा छैन ।’ आफन्तीको गाउँ, घर, भारत र जान सक्ने सम्भावित सबै ठाउँमा खोजि गर्दा पनि फेला नपरेको उनले बताइन् ।

आफु र आफ्नो भाई तुलाराम महतारा खोजि कार्यमा लागिरहेको रुपिले बताइन् । घरमा आफु, एक छोरा र एक छोरी रहेको जनाउदै उनले कमाउन भनेर घरबाट निस्कीएका श्रीमान हराउँदा आफुहरु विचल्लीमा परेको भन्दै खोजिका लागि सबैसंग अनुनय गरिन् । आफ्नोे श्रीमानलाई कोही कसैले भेटेमा ९८०८१११८३० र ९८६६६०६८३३ मा फोेन गरेर जानकारी गराउन उनले आग्रह गरेकी छिन् |








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ