२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गिद्ध बढ्दै : प्रदेशकै गहनाको अवधारणा विकास

२८ मंसिर २०७७, आईतवार ०७:३९

मङ्सिर २८, उदयपुर । उदयपुरको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भिरक्षेत्रमा दुई वर्षदेखि नगरपालिकाले गिद्ध संरक्षण अभियान सञ्चालन गरेपछि अहिले सो क्षेत्रमा गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।

नगरपालिकाका अनुसार मैनामैनीको सुगाचरी भिर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लामा घुमन्ते गिद्धको लामो समयदेखि आश्रयस्थल रहेको र केही वर्ष अघिसम्म यस क्षेत्रमा पाँच वर्षसम्म गिद्ध रहेको भए पनि संरक्षण अभियान शुरु भएपछि अहिले सात सय भन्दा बढी गिद्ध वृद्धि भइसकेका नगरपालिकाले बताएको छ ।

पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुट्टा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी सप्तरीलगायतका जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न मैनामैनीको सुगाचरी भिरमा नै आउने गरेका मैनामैनीका ७८ वर्षीय हर्कमान राई बताउनुहुन्छ । 

नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार यसक्षेत्रमा पाइने अति नै दुर्लभ प्रजातिका पक्षी गिद्ध संरक्षण गर्न नगरपालिकाले नयाँ योजनानै ल्याएर दुई वर्षदेखि संरक्षण अभियान अगाडि बढाएको छ । 

गिद्ध संरक्षण अभियानलाई अगाडि बढाएपछि अहिले दुई वर्षभित्र पाँच सयबाट झण्डै सात सयको हाराहारीमा गिद्ध वृद्धि भइसकेका पनि थापाले बताउनुभयो । गिद्ध संरक्षण गर्न बेलका क्षेत्रमा मरेका घरपालुवा जनावारलाई मैनामैनीको सुगाचरी क्षेत्रसम्म लगेर गिद्ध बसोवास गर्ने क्षेत्रमा राखिदिने कार्य नियमित गर्दै आएको नगरपालिकाले जनाएको छ । यस्तै गिद्धको प्रजातिको अध्ययन गर्न चरा विशेषज्ञसमेत झिकाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य