Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पाथीभरा क्षेत्रमा लागेको डढेलो आएन नियन्त्रणमा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १३, फुङ्लिङ । </b>ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो पाँच दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन । गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आजसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिएका छन् ।<br></p><p>फेदीको बस्तीदेखि करीब तीन किलोमिटर पूर्वको जङ्गलमा डढेलो लागेको हो । पाथीभरा मन्दिरसम्म पुग्न दुई किलोमिटर रहेको पाथीभरा काफ्लेले जानकारी दिए । शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले आगो नियन्त्रणमा लिएको तर शुक्रबार राति फेरि डढेलो शुरु भएको हो ।</p><p>नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र पाथीभरा क्षेत्रका कर्मचारीले नियन्त्रणका लागि प्रयास गरिरहेको काफ्लेले बताए ।</p>