२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

२५ पुष २०७७, शनिबार ०७:३६

पुस २५, झापा | पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।

छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि शुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ–१९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण शुरु गरेको बताउनुभयो । 

चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर शुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा  २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।

“कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचयपत्र वितरण गरिसकिन्थ्यो”, सहायक प्रजिअ पाण्डेले भन्नुभयो, “पालिकाका वडामा दैनिक छदेखि आठ वटा टोलीले काम गरिरहेको छ चाँडै सकिन्छ ।” छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उहाँले जानकारी दिनुभयो । झापापछि टोली मोरङ जाने उहाँको भनाइ छ । 

आफूले पाएको सुरक्षा भत्ता अपाङ्गता अक्षयकोषलाई

 मेचीनगर नगरपालिका–९ की २८ वर्षीया सिर्जना कट्टेलले आफूले पाएको सुरक्षा भत्ता समाज सुधार अपाङ्ग सहयोग समिति इँटाभट्टालाई शुक्रबार हस्तान्तरण गर्नुभएको छ । उहाँले आफ्ना स्व हजुरबुबा, हजुरआमा डिल्लीराम कट्टेल र कौशिलादेवी कट्टेलको स्मृतिमा आफूले पाएको १३ महिनाको सामाजिक सुरक्षा भत्ताबापतको रकम समितिका अध्यक्ष धर्मराज घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँले सो रकम शारीरिकरुपमा अपाङ्गता भएका बालबालिकाको पालनपोषण र शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले समितिले स्थापना गरेको अक्षयकोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ । आफूले पाएको सुरक्षा भत्ताबापतको सबै रकम यसरी सामाजिकरुपमै खर्च गर्ने उहाँको भनाइ छ । “आर्थिकरुपमा विपन्न र अशक्तलाई भविष्यमा पनि सहयोग गर्छु”, उहाँले भन्नुभयो । उहाँले आफू ‘ग’ वर्गको अपाङ्गता भएकाले सरकारबाट सुरक्षा भत्ताबापत मासिक रु एक हजार ६०० पाउँदै आएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य