साउन २०, बागलुङ । बागलुङ र म्याग्दीका बाइस लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि बन्द भएका छन् । 

आयोजना बन्द भएपछि जिल्लाका दुर्गम भेगका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् गृह, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बागलुङ । बागलुङ र म्याग्दीका बाइस लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि बन्द भएका छन् । 

आयोजना बन्द भएपछि जिल्लाका दुर्गम भेगका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् गृह, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढीले क्षति पुर्याए पछि बागलुङ र म्याग्दीका बाइस लघुजल विद्युत् आयोजना बन्द

२०७३, २० श्रावण बिहीबार ०९:५८

साउन २०, बागलुङ । बागलुङ र म्याग्दीका बाइस लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि बन्द भएका छन् । 

आयोजना बन्द भएपछि जिल्लाका दुर्गम भेगका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् गृह, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८३५ किलोवाट विद्युत् उत्पादन रोकिएको छ । दश हजार बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमको क्षेत्रीय सेवा केन्द्रले जनाएको छ । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग, जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा बनेका आयोजनामा करोडौँको क्षति पुगेको छ । ऊर्जामा आधारित लघु उद्योग बन्द भएका छन् । जिल्लाको पश्चिम भेगका दर्जनौँ गाविसमा विद्युत्सँगै सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । लघुजलविद्युत् आयोजना क्षेत्रका खोलामा आएको भिषण बाढीले ठूलो क्षति पु¥याएको हो । 

दुई आयोजना पूर्णरुपमा क्षति भएको केन्द्रका सामाजिक परिचालक संयोजक नेत्रलाल उपाध्यायले जानकारी दिनुभयो । पूर्ण क्षति हुनेमा देविस्थान–४ स्थित २७ किलोवाट क्षमताको लेवाङखोला लघुजलविद्युत् आयोजना र बुर्तिवाङ–४, ५ स्थित ३२ किलोवाट क्षमताको निशीदोभान लघुजलविद्यत् आयोजना रहेको छ । अधिकांश आयोजनाको मुहान, कुलोमा क्षति पुगेको छ । 

क्षतिपछि बन्द भएका आयोजनामा बुर्तिवाङ–९ स्थित २२ किलोवाट क्षमताको ‘आरसिजी’, सोही स्थानमा रहेको ३४ किलोवाटको भुजिखोला दोस्रो, बुर्तिवाङ–३ स्थित २३ किलोवाटको भुजीखोला छैटौँ, बुर्तिवाङ–७ स्थित ७४ किलोवाटको रिठाखोला, अधिकारीचौर–९ स्थित ६० किलोवाटको बुढाथोक, अधिकारीचौर–३ स्थित ४० किलोवाटको सैखोला लघुजलविद्युत् आयोजना रहेको छ । 

यस्तै, बोवाङ–१ स्थित १७ किलोवाटको भुजीखोला तेस्रो, अधिकारीचौर–४ मा रहेको आठ किलोवाटको ओख्रेनी खोला, अधिकारीचौर–५ स्थित २२ किलोवाटको गादीखोला, अधिकारीचौर–५ स्थित २० किलोवाटको खानीखोला, राजुकतस्थित १७ किलोवाटको कुतखोला र राजकुतकै आठ किलोवाटको कुतखोला दोस्रोमा समेत क्षति पुगेको छ । 

राजकुत गाविसकै २० किलोवाटको कुतखोला तेस्रो, देवीस्थानस्थित ४८ किलोवाटको निशीखोला प्रथम र ५० किलोवाटको बायखोला, बोहरागाउँस्थित १०० किलोवाटको निशीखोला दोस्रो, निशीस्थित १०० किलोवाटको निशीखोला तेस्रोमा पनि बाढीले क्षति पु¥याएपछि आयोजना बन्द भएको छ । क्षतिका कारण निस्कोट–३ को ५१ किलोवाटको रुमखोला, रुमको ११ दशमलव ५ किलोवाटको थेरवाङ पात्लेखोला र मुना गाविसस्थित ५१ किलोवाट क्षमताको दरखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली