साउन २०, बागलुङ । बागलुङ र म्याग्दीका बाइस लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि बन्द भएका छन् । 

आयोजना बन्द भएपछि जिल्लाका दुर्गम भेगका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् गृह, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बागलुङ । बागलुङ र म्याग्दीका बाइस लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि बन्द भएका छन् । 

आयोजना बन्द भएपछि जिल्लाका दुर्गम भेगका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् गृह, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढीले क्षति पुर्याए पछि बागलुङ र म्याग्दीका बाइस लघुजल विद्युत् आयोजना बन्द

२० श्रावण २०७३, बिहीबार ०९:५८

साउन २०, बागलुङ । बागलुङ र म्याग्दीका बाइस लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि बन्द भएका छन् । 

आयोजना बन्द भएपछि जिल्लाका दुर्गम भेगका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् गृह, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८३५ किलोवाट विद्युत् उत्पादन रोकिएको छ । दश हजार बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमको क्षेत्रीय सेवा केन्द्रले जनाएको छ । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग, जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा बनेका आयोजनामा करोडौँको क्षति पुगेको छ । ऊर्जामा आधारित लघु उद्योग बन्द भएका छन् । जिल्लाको पश्चिम भेगका दर्जनौँ गाविसमा विद्युत्सँगै सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । लघुजलविद्युत् आयोजना क्षेत्रका खोलामा आएको भिषण बाढीले ठूलो क्षति पु¥याएको हो । 

दुई आयोजना पूर्णरुपमा क्षति भएको केन्द्रका सामाजिक परिचालक संयोजक नेत्रलाल उपाध्यायले जानकारी दिनुभयो । पूर्ण क्षति हुनेमा देविस्थान–४ स्थित २७ किलोवाट क्षमताको लेवाङखोला लघुजलविद्युत् आयोजना र बुर्तिवाङ–४, ५ स्थित ३२ किलोवाट क्षमताको निशीदोभान लघुजलविद्यत् आयोजना रहेको छ । अधिकांश आयोजनाको मुहान, कुलोमा क्षति पुगेको छ । 

क्षतिपछि बन्द भएका आयोजनामा बुर्तिवाङ–९ स्थित २२ किलोवाट क्षमताको ‘आरसिजी’, सोही स्थानमा रहेको ३४ किलोवाटको भुजिखोला दोस्रो, बुर्तिवाङ–३ स्थित २३ किलोवाटको भुजीखोला छैटौँ, बुर्तिवाङ–७ स्थित ७४ किलोवाटको रिठाखोला, अधिकारीचौर–९ स्थित ६० किलोवाटको बुढाथोक, अधिकारीचौर–३ स्थित ४० किलोवाटको सैखोला लघुजलविद्युत् आयोजना रहेको छ । 

यस्तै, बोवाङ–१ स्थित १७ किलोवाटको भुजीखोला तेस्रो, अधिकारीचौर–४ मा रहेको आठ किलोवाटको ओख्रेनी खोला, अधिकारीचौर–५ स्थित २२ किलोवाटको गादीखोला, अधिकारीचौर–५ स्थित २० किलोवाटको खानीखोला, राजुकतस्थित १७ किलोवाटको कुतखोला र राजकुतकै आठ किलोवाटको कुतखोला दोस्रोमा समेत क्षति पुगेको छ । 

राजकुत गाविसकै २० किलोवाटको कुतखोला तेस्रो, देवीस्थानस्थित ४८ किलोवाटको निशीखोला प्रथम र ५० किलोवाटको बायखोला, बोहरागाउँस्थित १०० किलोवाटको निशीखोला दोस्रो, निशीस्थित १०० किलोवाटको निशीखोला तेस्रोमा पनि बाढीले क्षति पु¥याएपछि आयोजना बन्द भएको छ । क्षतिका कारण निस्कोट–३ को ५१ किलोवाटको रुमखोला, रुमको ११ दशमलव ५ किलोवाटको थेरवाङ पात्लेखोला र मुना गाविसस्थित ५१ किलोवाट क्षमताको दरखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली