११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुहिएको चामल खान बाध्य छन् हुम्ली

१६ माघ २०७७, शुक्रबार ०९:१५

हरिबहादुर रावत । १६, हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । 

मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ । हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्ने गरेका छन् । सर्केगार्ड गाउँपालिका–१ जैरबाट चार घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीयवासी धनगडी बलले गुनासो गर्नुभयो ।

अधिकांश उपभोक्ताले चामल किनेर घर पु¥याइसकेपछि मात्रै चामल गुणस्तरहीन रहेको थाहा पाएका छन् । चामल डल्ला र घुन लागेर खान नमिल्ने खालको भएपछि गाईभैँसीलाई खुवाएको सर्केगार्ड गाउँपालिका–१ का स्थानीयवासी दिलबहादुर कार्कीले बताउनुभयो । उहाmँे भननुभयो, ‘‘माथिल्लो भाग हेर्दा चामल राम्रै देखिन्थ्यो बीच र तल्लोमा काम नलाग्ने कुहिएर डल्ला परेको रहेछ ।’’ फिर्ता गर्न धेरै समय लाग्ने भएकाले अधिकांश उपभोक्ताले चामल, गाईभैँसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुःखेसो गर्दै आएका छन् । सुर्खेतबाट मुगुको सोरुकोटसम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्री केन्द्रसम्म ३२० क्विन्टल चामल पु¥याएको ठेकेदार प्रदीप टमटाले बताउनुभयो । गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका ठेकेदार टमटाले स्वीकार गर्नुभयो । “गाडीवालाको लापरबाही हो”, उहाँले भन्नुभयो । कुहिएको आधा चामल जैरको खच्चामा त्रिपालले छोपेर राखेको ठेकेदार टमटाले बताउनभुयो । “२५ बोरा सात क्विन्टल सर्केगार्ड जैरको खच्चामा छोपेर राखेको छु”, उहाँले भन्नुभयो ।

ठेकेदार टमटाले हतारहतारमा मुगु जिल्लाको सोरुकोटमा एक हजार, कार्मारुम एक हजार र बिक्री केन्द्रमा ९०० क्विन्टल चामल पु¥याएका थिए । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हुम्लाका उपभोक्ता ठगिँदै आएका छन् । 

एक महिना पहिले सर्केगार्ड गाउँपालिकास्थित सर्केगार्ड डिपोबाट रु एक हजार ३५० पर्ने चामल ठेकेदारले रु दुई हजार मूल्यमा बिक्री गरेको उपभोक्ताहरु बताउँछन् । सर्केगार्ड डिपोमा कर्मचारी नभएपछि ठेकेदारले मनपरीरुपमा चामल बिक्री गरी उपभोक्ताबाट रकम असुल्ने गरेको उनीहरुको भनाइ छ । रु एक हजार ३५० पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल रु दुई हजार तिरेर आफूले किनेको सर्केगार्ड गाउँपालिका–५ का गगन सिंहले जानकारी दिनुभयो । आठ बोरा चामल रु १६ हजार तिरेर लिएको सिंहले दुःखेसो गरे । 

गत वर्ष अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएकाले पैसा मात्रै खेर गएको अदानचुली गाउँपालिका–५ करगाई गाउँका पुनबहादुर छत्यालले दुःखेसो गरे । गत वर्ष श्रीनगर डिपोबाट चामल किनेर खार्पुनाथ गाउँपालिका–३ रायाँका दीपक बुढाले पाँच क्विन्टल चामल किनेर ल्याएको कुहिएको भेटिएपछि त्यतिकै पैसा मात्रै खेर गरेको उनले बताए । पाँच क्विन्टल चामल कुहिएको परेपछि तनाव भएको बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट कार्यालय गैरजिम्मेवार कुरा गर्दै आएको छ । कर्मचारी नहुँदा केही समस्या भएको कार्यालयको स्वीकारोक्ति छ । चामल सम्बन्धित स्थानमा ल्याउँदा ठेकेदारलाई जिम्मा दिएको सिमकोट शाखा कार्यालय हुम्लाका शाखा प्रमुख निर्मल थापाले बताउनुभयो ।

‘‘शाखामा दुईजना मात्रै कर्मचारी छौँ, डिपोमा कर्मचारी छैन हामीले सबैतिर ध्यान पु¥याउन नसकेका हौँ’’, शाखाप्रमुख थापाले भन्नुभयो । ठेकेदारले बिक्री गरेको भए ठेकेदारको जिम्मा हुने उहाँले बताउनुभयो ।  ठेकेदारले बिक्री गरेको भए ठेकेदारको जिम्मा हुने थापाले बताउनुभयो । “खाद्यान्न ठेकेदारले उठाउँदा जिम्मेवार भएर ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । गाउँगाउँबाट उपभोक्ताले शाखा कार्यालय सिमकोटलाई उपभोक्ता ठगिएको बारेमा जानकारी गराउँदा पनि सिमकोट शाखा मौन रहेको रहेको छ । डिपोहरुमा कर्मचारी नभएपछि ठेकेदारले मनोमानीरुपमा चामल पु¥याउन मनपरीरुपमा वितरण गर्ने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह