२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट पार्सल आएको बहानामा ठगी

२०७७, ५ फाल्गुन बुधबार १५:२५

फागुन ५, काठमाडौँ | विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको छ । उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । 

पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेको जनाइएको र उनलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको सिआइबीका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो । बस्यालसहितको टोलीले सामाजिक सञ्जालमार्फत वेलायतमा बसोबास गर्ने डाक्टर माइकल अलवर्ट भन्ने नामको फेसबुकमा साथी बनाई भाइबरबाट फोन आदानप्रदान गरी लोभमा पारेर रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

गिरोहले शुरुमा आइफोन पठाइदिने प्रलोभन देखाएको थियो । त्यसपछि बेलायतबाट विभिन्न उपहारका सामान पठाएको र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भनेर आश्वासन दिएका थिए । लगत्तै भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई पटकपटक सम्पर्क गरी बेलायतबाट आएको पार्सल सामान भारतको दिल्लीमा आइपुगेको र त्यसमा बहुमूल्य सामानका साथै पाउण्डसमेत भएकाले भन्सार छुटाउन भन्दै पैसा माग गरेका थिए । 

उनीहरुले सामान छुटाउन नेपालस्थित एजेन्टको खातामा रु १० लाख ७० हजार माग गरेका थिए । गिरोहको निर्देशनमा पीडितले उक्त रकममध्ये रु पाँच लाख २० हजार गङ्गबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा पुगी बस्याललाई भेटेर दिएका थिए । 

त्यसपछि पीडितले आफू ठगिएको थाहा पाई प्रहरीमा उजुरी दिएका र सोही उजुरीका आधारमा ठगी कार्यमा संलग्न उनलाई पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ । प्रहरीले उनको साथबाट रु एक लाख सात हजार नगदसहित विभिन्न व्यक्तिको नाममा रकम जम्मा गरेको १० थान भौचरसमेत बरामद गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित