फागुन ११, काठमाडौँ । सरकारले गरेको संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउन थालेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निर्णय सुनाउन थालेका हुन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर गरिएका थिए ।