2026-07-10 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने नेकपा ओली समूहको निर्णय

2021-02-24

फागुन १२, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केपी शर्मा ओली समूहको स्थायी कमिटिको बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटि बैठकले उक्त निर्णय गरेको सो समूहका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । 


मंगलबार सर्वोच्च अदालतले सरकारको संसद विघटन बदर गरेर १३ दिन भित्र संसद अधिवेशन बोलाउँन आदेश दिएको थियो । बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसला त्यसको कार्यान्वयन र समग्र प्रभावको बारेमा रहेर छलफल गरिएको उनले बताए ।

उनले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्ने बताउंदै अदालतका फैसलाहरु सधै अनपेक्षित र गरिएका फैसलाहरुले सधैं बान्छनीय परिणाम नै दिन्छन् भन्ने नभएको बताए ।

'संवैधानिक इजलासबाट भएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौ, स्वभाविक रुपले सबैले गर्नुपर्ने नै हुन्छ,उनले भने, 'फैसलाहरु सधैभरी अपेक्षि त् हुन्छन भने नै होइन र गरिएका फैसलाहरुले सधैंभरी बांच्चित परिणाम नै दिन्छन् ।'

प्रवक्ता ज्ञवालीले आफ्नोचिन्ता नेपाली चाहना स्थिर सरकार स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व भएको बताए । यस्तै बैठकले पार्टीको पार्टी केन्द्रिय कमिटिको बैठक र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । 'समग्र परिस्थितिको बैठमा छलफल गर्न पार्टीको पार्टी केन्द्रिय कमिटिको बैठक र संसदीय दलको बैठक बोलाउने छौ' उनले भने ।

जनताको बिचमा उदेश्यका साथ् कार्यक्रम लैजाने निर्णय गरेको छ । संसदको अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय गरेको बताउंदै उनले भने,'संसदको अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ, सर्वोच्च अदालतले दिएको समय सीमाभित्रै ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो