२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले के निर्णय गर्यो ?

२०७७, १२ फाल्गुन बुधबार ११:३०

फागुन १२, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको स्थायि कमिटि बैठकले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाको स्वागत गरेको छ । प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने सर्वोच्चको ऐतिहासिक फैसला भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

' सर्वोच्च अदालतको प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने निर्णयलाई ऐतिहासिक फैसला भनेको छ र यसले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै नभएर संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ । देशलाई प्रतिगामी षड्यन्त्रको ठुलो चक्रब्युह र राजनीतिक संकटको अध्यारो सुरुङतिर लैजाने खतराबाट देशलाई बचाउन योगदान पुर्याएको छ । त्यसैले सर्वोच्चको यो निर्णयलाई स्थायी कमिटिको बैठकले उच्च मूल्यांकन गरेको छ ' श्रेष्ठले भने ।

बैठकले सामाजिक सुशासनलाई केन्द्रमा राखेर आत्ममूल्यांकन गरेर सबै लोकतान्त्रिक शक्तिसंग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको उनले सुनाए । साथै यस्ता कदम बिरुद्ध सचेत हुन् पनि आवश्यक रहेको उनले बताए । 

गत ५ पुसमा प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटन गरेका थिए । ओलीको उक्त निर्णय असंवैधानिक भएको भन्दै मंगलबार सर्वोच्च अदालतले बदर गरेर १३ दिन भित्र संसद अधिवेशन आह्वान गर्न निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने