१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएको नेपाल एयरलाइन्सको स्पष्टीकरण

१६ फाल्गुन २०७७, आईतवार ०९:५८

फागुन १६, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएको जनाएको छ ।

सन् २०२१  जनवरी ८ मा कतार, दोहाबाट काठमाडौँ आएको आरए २४० नंको उडान काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ‘हार्ड ल्याण्डिङ’ भएको विषय नियमित ‘फ्लाइट डेटा’ विश्लेषण कार्यक्रम मार्फत यही फेब्रुअरी ९ मा पत्ता लगाइएको निगमले जनाएको छ ।

उडानमा संलग्न पाइलटले भर्नुपर्ने ‘म्याण्डेटोरी अकुरेन्सी रिपोर्ट’ (एमओआर) मार्फत जानकारी गराउनुपर्नेमा नगराइएको पाइएपछि सम्बन्धित पाइलटलाई तत्काल जानकारी माग गरी निजलाई यही फागुन १२ देखि उडान बन्देज लगाइएको निगमले जनाएको छ । 

सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबससँग पत्राचार गरी राय माग गर्दा १०० उडान चक्र अवतरण तथा दुई महिनासम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित जाँच गर्नुपर्ने भन्ने जानकारी प्राप्त भएको र सोहीअनुरुप जहाज नियमित उडानमा रहेको निगमले उल्लेख गरेको छ ।

अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणालीबमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईका संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिषकुमार साह तथा डम्बर रावतसमेतको छानविन समिति फागुन ११ मै गठन भई कार्यारम्भ भइसकेको निगमले जनाएको छ ।

हवाई सुरक्षालाई दृष्टिगत गरी  छानबिन समितिको प्रतिवेदनका आधारमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुरुप थप कारवाही अगाडि बढाइने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन । उनले भनिन,“आरए.२४० हार्ड ल्याण्डिङ सम्बन्धमा सम्बन्धित विभागले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ भने निगमको छानविन समितिले यसको प्राविधिक पक्ष र औचित्वका बारेमा गहन अध्ययन गरी निष्कर्षमा पुग्ने र आगामी निर्णयका लागि मार्गप्रशस्त हुनेछ ।” निगमको अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए ३२० जहाज छन् । भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन