2026-09-18 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट ७९ घरपरिवार विस्थापित

फागुन १८, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान  भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ । 

“अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन्”, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाले भन्नुभयो, “आगलागीबाट ४७ घर जलेर नष्ट भएको छ भने ७९ परिवार विस्थापित भएको छ ।” आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिनुभयो । 

जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर भएको उहाँले बताउनुभयो । ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ । उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिको विवरण अब सङ्कलन गर्छौं ।” फुङ्लिङ नगरपालिका र पाँचथर जिल्लाको दमकलको माध्यमबाट आगो नियन्त्रण गर्ने कार्य भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई