Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ फाल्गुण २६ गते, अपराह्न ५:५१ बजे मोरङ्ग - MRG, समाज

रोजगारी लगाई दिन्छु भन्दै मानव बेचबिखनमा संलग्न २ जना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २६,मोरङ । </b>मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका-१५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ रहेका छन् ।&nbsp;<br></p><p>होटलमा काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी सिन्धुपाल्चोकबाट काठमाडौं हुँदै २ जना महिलालाई बिराटनगरमा बोलाई रोजगारी दिने बाहनामा भारतमा लगि वेचबिखन गर्ने उदेश्यले बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटमा ल्याएको भन्ने जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।</p><p>यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।</p>