Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ चैत ०१ गते, अपराह्न ४:४३ बजे भोजपुर - BJP, समाज

मिलको फित्तामा बेरिएर मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १, भोजपुर ।</b> मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो ।&nbsp;<br></p><p>शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </p><p>शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।</p>