कमल खत्री, साउन २३, म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल खत्री, साउन २३, म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा स"/>
2026-09-16 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशको नोकरी छाडेर गाउँमै चौंरीपालन

कमल खत्री, साउन २३, म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा समेत घरपरिवारका लागि राम्रो उपलब्धि भएको नदेखेपछि पुर्जाले गाउँमै केही काम गरेर घर खर्च जुटाउने निधो गरे । 

आठ वर्ष कतार र चार वर्ष साउदी अरबमा पसिना बगाएका पुर्जाले सात वर्षअगाडि मुस्ताङको लेतेबाट रु ११ लाख ५० हजारमा ५९ वटा चांैरी खरिद गरी शिखको बयलीखर्कमा चौंरीपालन सुरु गरेका थिए । सानो सङ्ख्याबाट सुरु गरेको चौंरीपालनलाई थप व्यावसायिक बनाउन पुर्जाले आफ्नो चौंरीपालन फार्ममा अहिले स्थानीय अर्का युवकलाई साझेदार बनाएका छन् । 

पुर्जाले शिख–४ स्वाँतका लोकबहादुर पाइजासँग साझेदारी गरी चौंरीपालनलाई थप व्यावसायिक बनाउन थालेका हुन् । उनीहरुकाको लालीगुराँस चौंरीपालन फार्ममा अहिले १ सय ३१ वटा चौंरी रहेका छन् । चौंरीपालनमा दुई जनाले करिब रु ४० लाख लगानी गरेको कृषक लोकबहादुर पाइजाले बताए । 

चांैरीपालनबाट उनीहरुले वर्षको दुई पटक चौंरीको आलो रगत बिक्री गर्ने गर्दैआएका छन् । यस अतिरिक्त मासु बेच्ने तथा घिउ र छुर्पी उत्पादन गर्ने काम पनि यहाँबाट हुन्छ । चांैरीपालनबाट वार्षिक रु ५ लाख बराबर आम्दानी हुने कृर्षक पुर्जाले बताए । “हरेक वर्ष आम्दानी बढ्दै गएको छ, यसलाई थप व्यवस्थित र व्यावसायिक बनाउन लागिपरेका छौँ,” पुर्जाले भने । 

चरनका लागि हिमाली क्षेत्रमा पुगेर जडीबुटीजन्य घाँस खाने चौंरीको आलो रगत पिएमा विभिन्न रोग निको हुने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने जनविश्वास छ । यही कारण हरेक वर्षको माघ र साउनमा बयलीमा चौंरीको रगत पिउने मेला सञ्चालन गरी उनीहरुले आम्दानी गर्दै आएका छन् । 

यो वर्षको साउन ५ देखि ११ गतेसम्म सञ्चालन गरेको चौंरी मेलाबाट रु ३ लाख आम्दानी भएको कृषक पुर्जाले बताए । विदेशमा अरुको नोकर बनेर काम गर्नुभन्दा आफ्नै गाउँमा गोठालो बनेर जीविका चलाउँदा आफूलाई बढी सन्तुष्टि मिलेको उनी बताउँछन् । 

“बा¥ह वर्षसम्म अरुको देशमा पसिना बगाएँ, त्यहाँको कमाइले घर खर्च बाहेक अरु केही उपलब्धि भएन, यहाँ आएर चौंरीपालनमा लागेको पनि ७ वर्ष भयो, चौंरीपालनबाटै हुने आम्दानीले घर खर्च जुटाउँदै केही बचत गर्न थालेको छु,” उनले भने । उनलाई गत असारमा जिल्ला पशु सेवा कार्यालयले उत्कृष्ट कृषक घोषणा गर्दै पुरस्कृत गरेको थियो । 

पुर्जासँगै चौंरीपालनमा लागेका ४१ वर्र्षीय पाइजाले वैदेशिक रोजगारीका क्रममा दुई वर्ष कतार र तीन वर्ष दुबईमा पसिना बगाएका थिए । अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा परिश्रम गरी जीवन चलाउने निधो गरी गाउँमै चौंरीपालनमा लागेका पाइजा पर्यटन व्यवसायीसमेत हुन् । पुर्जाले बयलीमा पर्यटकको सुविधाका लागि सामुदायिक लज समेत सञ्चालन गरेका छन् । 

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भम्रणमा आउने पर्यटकलाई लक्ष्य गरी बयलीमा सामुदायिक लज सञ्चालन गरिएको छ । यहाँको भम्रणमा आउने पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै चरन क्षेत्रमा रहेका चौंरीको अवलोकन गर्न पाउने थप आकर्षण रहेको छ । 

चौंरीपालनमा बर्सेनि गोठ बनाइरहनुपर्ने, पानीको व्यवस्थापन गर्न कठिनाइ हुने र चितुवाको आकक्रणबाट थुप्रै चौंरी मर्ने समस्या रहेको छ । म्याग्दीको खोप्रालेकमा हिमाञ्चल उच्च मावि र पाउद्वार मावि सञ्चालनार्थ आर्थिक स्रोत जुटाउन नागी पाउद्वार चौंरीपालन समिति, राम्चेमा बाबा समूह र शिखमा पुर्जा र पाइजाले व्यक्तिगत रुपमा चांैरीपालन गर्दै आएका छन् । 

जिल्ला पशु सेवा कार्यालका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले जिल्लाको शिख, पाउद्वार र राम्चेमा गरी करिब ४ सय चौंरी रहेका जानकारी दिए । उनका अनुसार चौंरीपालन व्यवसायमा लागेका कृषकलाई कार्यालयले चौंरीपालन प्रवद्र्धन तथा बृहत्तर चौंरीपालन कार्यक्रम अन्र्तगत परजीबी नियन्त्रणका साथसाथै भ्याक्सिन तथा नगद अनुदान समेत प्रदान गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु