२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा कोरोना सङ्क्रमित फेला परेपछि सतर्कता

२०७८, ७ बैशाख मंगलवार ०८:२९

वैशाख ७, इलाम । कोरोना भाइरसको दोस्रो चरणको सङ्क्रमण एक जनामा पुष्टि भएपछि इलामस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उहाँको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । सङ्क्रमित पुरुषको सम्पर्कमा पुगेका अन्य पाँच व्यक्तिको भने सोमबार स्वाब सङ्कलन गरिने जनाइएको छ । 

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले इलाम र झापाको सिमाना जोर कलशमा हेल्थ डेस्क राख्ने र इलाम प्रवेश गर्नेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । बैठकले सरकारले दोस्रो चरणमा शुरु गर्न लागेको कोभिड–१९ खोप यही वैशाख ७ गते देखि ११ गतेसम्म लगाउने निर्णय भएको प्रजिअ खड्काले जानकारी दिनुभयो । 

“इलाम सदरमुकाममा दोस्रो चरणको खोप लगाउने सङ्ख्या बढिरहेकाले वैशाख ७ देखि ११ गतेसम्म खोप लगाउने तयारी गरिएको छ”, प्रजिअ खड्काले भन्नुभयो, “अन्य पालिकामा वैशाख ८ र ९ गते खोप लगाइने छ ।” प्रजिअ खड्काका अनुसार यसपटकको अभियानमा पहिलो चरणमा खोप लगाउनेले मात्र दोस्रो चरणको खोप लगाउन पाउने छन् । गत माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गतेसम्म खोप लगाउनेलाई यो दोस्रो चरणको खोप लगाइने छ । 

इलाम नगरपालिबाहेकका स्थानीय पालिकामा रहेका ४४ स्वास्थ्य चौकी र मङ्गलबारे, फिक्कल, पशुपतिनगर तथा प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने वैशाख ८ र ९ गते खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड स्थानीय स्रोत व्यक्ति विमल बरालले जानकारी दिनुभयो । 

यता नेपाल–भारत आवतजावत गर्ने मुख्य नाका पशुपतिनगरमा भने स्वास्थ्य परीक्षण साथै एन्टिजेन र मलेरिया परीक्षणलाई कडाइ गरिएको छ । यस्तै सीमा नाकाबाट आउने सबै यात्रुको अनिवार्य रेकर्ड राख्न लगाउने र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरी शङ्कास्पद देखिएका व्यक्तिको कोभिडको एन्टिजेन परीक्षण र मलेरियाका लागि आरडिटी परीक्षण गर्ने काम भइरहेको प्रजिअ खड्काले जानकारी दिनुभयो । 

बैठकले स्यानिटाइजर, मास्कको प्रयोग, सामाजिक दूरी कायम राख्न र स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ । यसैबीच इलामको रोङ र माई नगरपालिकामा कोभिड अस्पताल पनि सञ्चालनमा आएका छन् । एक जना एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो