साउन २५, सिन्धुली । छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, सिन्धुली । छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो । 
२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवीकरणीय ऊर्जाले फेरिँदै जीवन

२५ श्रावण २०७३, मंगलवार १०:२०

साउन २५, सिन्धुली । छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो । 

त्यतिमात्र होइन पहाडीलाई साँझ बिहान टुकीकै उज्यालोमा धुवाँमा खान पकाउनेलगायतका घरधन्दा गर्नुपर्ने बाध्यता थियो । उहाँको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको थियो । तर, गाउँमा स्थानीयवासीकै पहलमा ग्रामीण लघु जलविद्युत् सञ्चालन आएपछि हिजोआज पहाडीको जीवनस्तर फेरिएको छ ।

घरमा बिजुली बत्ती जडान गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा आधुनिक प्रविधिको विद्युतीय मिल सञ्चालन तथा सुधारिएको चुलो निर्माण गरेपछि उहाँलाई सहज भएको हो । “गाउँमा बत्ती बलेपछि आधारातमै उठेर जाँतो पिस्नु पर्दैन,” उहाँले भन्नुभयो । सुधारिएको चुलो बनाएपछि धुवाँमा बसेर घरभित्रको काम गर्नुपर्ने बाध्यतासमेत हटेको छ । 

गाउँमा सुधारिएको नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले समयको बचतसँगै आम्दानी समेत हुन थालेको छ । पिसानी मिलबाट मकै कोदो पिस्दा आम्दानी हुन थालेको पहाडीको भनाइ छ । धुवाँमा बस्नुपर्ने बाध्यताको अन्त्य हुँदा खोकी लाग्ने, दम बढ्ने, आँखा दुख्ने जस्ता समस्या कम हुँदैे गएको छ । 

पहाडीको मात्र हैन पछिल्लो समय जिल्लामा नवीकरणीय ऊर्जाको प्रयोगले महिलाको जीवनमा परिवर्तन आउन थालेको छ । जिल्लामा सञ्चालनमा आएका लघु जलविद्युत्, सुधारिएको चुलो, साना जलविद्युत्, सुधारिएको पानी घट्ट, साना घरेलु सौर्य ऊर्जा प्रणाली, घरेलु बायोग्यास प्लान्टलगायतका नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले महिलाको जीविकामा परिवर्तन आउनुका साथै समयको बचत हुनथालेको छ । 

जिल्लामा पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएसँगै महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार आउनुका साथै समयको बचत र आम्दानीको स्रोत समेत बन्न थालेको छ । जिल्लाको कुल ५७ हजार ७०० घरधुरीमध्ये २५ हजार ९२९ घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको जिविसअन्तर्गत ऊर्जा तथा वातावरण शाखाका प्रमुख सन्दिप उपाध्याय बताउनुहुन्छ । 

वैकल्पिक नवीकरणीय ऊर्जा प्रविधिले परम्परागत चुलोमा खाना पकाउन दैनिक दाउरा सङ्कलन गर्नुपर्ने, ढिकी जाँतो चलाउनुपर्ने, दियालो खोटो, तथा मट्टीतेलबाट बत्ती बाल्नुपर्ने, धुवाँमा गुम्सेर घरधन्दा गर्नुपर्ने बाध्यता हटेको छ । जिल्लाका अमले, भुवनेश्वरी र वितिजोर घरभित्रको घुवाँमुक्त गाविस घोषणा भइसकेका छन् । 

जिल्लामा लघु जलविद्युतबाट तीन हजार २३३ घरधुरी, सुधारिएको पानी घट्टाबाट १८ हजार १५६, साना घरेलु सौर्य ऊर्जा प्रणालीबाट १३९, सामुदायिक सौर्य विद्युत् पम्पबाट २२१, घरेलु बायोग्यास प्लान्टबाट आठ हजार ३९६ र सुधारिएको चुलोबाट १३ हजार ५७२ घरधुरीका महिलाको जनजीविकामा सुधार ल्याएको जिविसले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार