2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुलेआम हाट बजार र पार्टी प्यालेस

वैशाख १२, सिन्धुली | जिल्लामा पुनः कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । एक साताअघिसम्म सङ्क्रमणमुक्त रहेको जिल्लामा अहिले १३ सङ्क्रमित पुगेका छन् ।

शनिबार छ जना कोभिड–१९ का सङ्क्रमित थपिएसँगै हाल यहाँ दोस्रो लहरका कोभिडका बिरामीको सङ्ख्या १३ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । कोरोना भाइरसका लक्षण देखिएका व्यक्तिको जिल्लामा नै परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ । 

जिल्लास्थित पिसिआर परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा शनिबार छ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको हो । लक्षण देखिएका १३ जनामा गरिएको परीक्षणमा छ जनामा मात्र कोभिड–१९ को सङ्क्रमण देखिएको अस्पतालका कोभिड प्रवक्ता डा सागर देवकोटाले जानकारी दिनुभयो ।

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको यही वैशाख ८ गते बसेको बैठकले जिल्लाभित्रका पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस र हाटबजार मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसको कार्यान्वयन भने हुन सकेको छैन । मास्कको प्रयोग, सामाजिक दूरी कायम तथा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगरी जिल्लामा खुलेआम हाट बजार लाग्ने, पार्टीप्यालेस सञ्चालन र राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । सामान्य सावधानीसमेत नअपनाउँदा जिल्लामा कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा हुनेमा त्रास बढ्दो अवस्थामा रहेको छ ।

दोस्रो खोप अभियान सम्पन्न

सिन्धुलीमा दोस्रो मात्रा खोप अभियान सम्पन्न भएको छ । गत मङ्गलबारदेखि शुरु गरिएको कोभिड– १९ विरुद्धको दोस्रो मात्रा खोप अभियान शनिबारबाट सम्पन्न भएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो चरणअन्तर्गत पहिलो खोप लगाउनेलाई गत मङ्गलबारदेखि दोस्रो मात्रा खोप सञ्चालन गरिएको थियो । दोस्रो मात्रा जिल्लाका एक हजार ६०९ जनाले लगाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो