२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै सामी परियोजना

१४ बैशाख २०७८, मंगलवार ११:२२

कमल घिमिरे। बैशाख १४, पाँचथर। रोजगारीहरु मध्येको एउटा माध्यम वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धीमुलक तथा शोषणरहित बनाउन सामि परियोजना प्रभावकारी बन्दै आएको पाँचथरको फिदिममा मंगलबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बताइएको छ ।  

 “स्वदेशमा नै रोजगारी गरौँ,वैदेशिक जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ” भन्ने मुल नारालाइ लिएर सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजना(सामी) नेपाल सरकार र स्विस सरकारको द्विपक्षिय सम्झौता अनतर्गत तेस्रो चरणमा भइरहेको हो । परियोजनाले वैदेशिक रोजगारमा जानको लागि आवश्यक सिपमुलक तालिमहरु निशुल्क रुपमा दिनुका साथै, वैदेशिक रोजगार सम्बन्धि चेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । यसका साथै वैदेशिक रोजगारीका लागी जाने प्रक्रिया,कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्म्बन्धि सम्पुर्ण कुराहरुको बारेमा जानकारी दिइने बताइएको छ । 

नेपालबाट हाल सम्म ५८ लाख भन्दा बढी नेपाली श्रम स्विकृती लिएर बैदेशिक रोजगारमा छन्, ति मध्ये ८० प्रतिशत मात्र कामदारले सहज तरिकाले काम गर्न पाइरहेका छन भने बाँकीले विभिन्न समस्याहरु झेल्नु परेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा सहजकर्ता अम्बिका प्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार परियोजनाले विदेशमा समस्यामा परेका नेपाली कामदारहरुलाई पनि आवश्यक सहयोग गरिने बताउनु भयो । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले बिदेशमा निधन भएका कामदारहरको तथ्याङ्क संकलन गर्नुभन्दा निधन हुनुको कारण खोजी गरी त्यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली