२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको आसाममा शक्तिशाली भूकम्प

२०७८, १५ बैशाख बुधबार ०९:०१

वैशाख १५, नयाँदिल्ली । (रासस/एएफपी) । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो ।

भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको छ ।

आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरहरुमा क्षति पुगेको छ । स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै परकम्प महशुस गरिएको बताएका छन् । अमेरिकी भूगर्भ सर्भेले भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट २९ किलोमिटर मुनि रहेको जनाएको छ । यहाँको हिमाली क्षेत्रमा भूकम्प बारम्बार आउने गरेको छ । सन् १९५० मा आएको भूकम्पमा परेर आसाम र तिब्बतमा गरी झण्डै चार हजार ८०० व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार