३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५७ सय कर्मचारीहरु रहेको एक कम्पनीले भन्यो ‘वर्षमा ४ दिनमात्रै अफिस आउनू’

१७ बैशाख २०७८, शुक्रबार ०५:५७

वैशाख १७, काठमाडौँ । अष्ट्रेलियाको सबैभन्दा ठूलो प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरुले जहाँसुकैबाट काम गर्नसक्ने घोषणा गरेको छ । ८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले आफ्ना कर्मचारीहरु वर्षमा केवल चार दिनमात्र कार्यालय आउसक्ने व्यवस्था गरेको छ । अर्थात् कर्मचारीहरुले आफ्नो पायक पर्ने कार्यालयमा हरेक त्रैमासिक अवधिमा एकपटक मात्र उपस्थित भए पुग्नेछ ।


कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्‍यनजर गर्दै कम्पनीले ‘टीम एनी ह्वेयर’ नीति लागू गरेको छ । जस अन्तर्गत कम्पनीले विश्वका विभिन्न देशमा कार्यरत आफ्ना ५७ सय कर्मचारीहरुलाई कम्पनीको शाखा रहेका विश्वका जुनसुकै देशबाट काम गर्न सक्ने व्यवस्था गरेको हो ।

त्यसका लागि कम्पनीले विभिन्न देशको समयमा हुने फरकको समायोजनका लागि समेत कर्मचारीहरु खटाएको छ । अहिले उक्त कम्पनीका विभिन्न ७ वटा देशमा कार्यालयहरु रहेका छन् ।एटलासियनका सहसंस्थापक तथा प्रमुख कार्यकारी स्कट फार्कुहारका अनुसार घरबाटै काम गर्न पाउने स्थायी व्यवस्थाले कम्पनीलाई अस्ट्रेलियामा अवस्थित विश्वव्यापी जनशक्ति भएको कम्पनीको रुपमा स्थापित गराएको बताए । उनले आफू गत १२ महिनामा केवल ३ पटक मात्र अफिस गएको भन्दै कम्पनीको उक्त नीतिले उत्कृष्ट क्षमतावान जनशक्ति आकर्षित गर्ने दाबी गरे ।

संस्थापक स्कट फार्कुहार र माइक क्यानन ब्रुक्सले एक ब्लग पोष्टमा कोभिड-१९ ले इतिहासमा अहिलेसम्मकै वृहत दूर कार्य अनुभव अर्थात् रिमोट वर्क एक्सपेरिमेन्टको अवसर सिर्जना गरेको बताएका छन् ।सन् २०२० मा कोरोना महामारी उच्चतम विन्दुमा पुगेका बेला कम्पनीले एक आन्तरिक आदेश जारी गर्दै भाइरसले दूरकार्य संस्कृतिलाई बढावा दिने योजना लागू गर्नमा बल पुगेको बताएको थियो ।

मेलवर्न इन्स्टिच्यूटले गरेको एक अनुसन्धान अनुसार कोभिड-१९ का बेला घरबाटै काम गरेकामध्ये ७० प्रतिशतले महामारी साम्य भएपछि पनि घरबाटै काम गर्न रूचाउनेछन् । शोधकर्ताका अनुसार कर्मचारीहरुले दूरकार्यमा बानी पार्दै गएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट