३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार संक्रमित

२० बैशाख २०७८, सोमबार ०७:०५

वैशाख  २०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ । 

गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ । पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ । 

भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ । 

कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट