वैशाख २०, काठमाडौँ | गत २४ घण्टामा कोरोना पुष्टि भएकामध्ये सबैभन्दा बढी संक्रमित उमेर समुह ३० देखि ३९ बर्षका रहेका छन् । सोमबार (आज) अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । जस मध्ये २ लाख ८६ हजार १५ जना निको भईसकेका छन् ।
आज कुन उमेर समुहका कति संक्रमित ?
० देखि ९ बर्षसम्मका: १५६ जना संक्रमित
१० देखि १९ बर्षसम्मका: ४३९ जना संक्रमित
२० देखि २९ बर्षसम्मका: १६८८ जना संक्रमित
३० देखि ३९ बर्षसम्मका: १८७१ जना संक्रमित
४० देखि ४९ बर्षसम्मका: १३६९ जना संक्रमित
५० देखि ५९ बर्षसम्मका: ९८८ जना संक्रमित
६० देखि ६९ बर्षसम्मका: ५२२ जना संक्रमित
७० देखि ७९ बर्षसम्मका: २२० जना संक्रमित
८० देखि ८९ बर्षसम्मका: ७९ जना संक्रमित
९० देखि १०० बर्षसम्मका: ९ जना संक्रमित
अज्ञात: ४७ जना

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा कोरोना संक्रमित भेटिएका छन् । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा संक्रमण पुष्टि भएको छ ।