२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

संरक्षणको अभावमा शिवालय मन्दिर

२४ बैशाख २०७८, शुक्रबार ०५:०६

कमल घिमिरे।बैशाख२४।पाँचथर, पाँचथरको सदरमुकाम फिदिममा रहेको शिवालय मन्दिरको संरक्षणमा अभाव देखिएको छ । 

  फिदिम नगरपालिका १ स्थित पुरानो शनिबारेमा रहेको शिवालय मन्दिर नगरपालिकाको एक मुख्य पर्यटकिय धार्मिक स्थल हो । यहाँ दर्शन गर्न पाँचथर जिल्ला लगायत अन्य विभिन्न ठाउँहरुबाट भतmजनहरु आउने गर्छन् । श्रावण महिनाको सोमबार,शिवरात्री,हरितालिका तीज, जनै पुर्णिमा, विश्वकर्मा पुजा,कृष्ण अष्टमी जस्ता चार्डपर्वहरुमा भतmजनहरुको घुँइचो लाग्ने गर्छ । मन्दिर परिसरमा राधाकृष्ण,गणेश र विश्वकर्मा बाबाको समेत मन्दिर रहेको छ ।  नेपालका धार्मिक स्थलहरु आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनिरहँदा पछिल्लो समयमा शिवालय मन्दिरमा भने संरक्षणको अभाव देखिन थालेको छ । 

वि.सं. २०३६ सालमा स्थापना गरिएको मन्दिर वि.सं २०७५ सालमा फिदिम नगरपालिका र जनस्तरको सहयोगमा करिब ३५ लाखमा जिर्णोद्वार गरिएपनि निर्माण गरिएको मन्दिरलाई संरक्षण गर्न सकिएको छैन । मन्दिर परिसरमा लगाइएका टाइल तथा मार्बल भत्किएका छन् , सिलिङ तथा गेट पनि भत्किएको छ, बिजुलीको व्यवस्था छैन, पानिको पनि राम्रो व्यवस्था छैन, मन्दिरको कम्पाउण्ड व्यवस्थित छैन,जसले गर्दा अनावश्यक मान्छे प्रवेश गरी फोहोर गर्ने,होहल्ला गर्ने तथा धुम्रपान मद्यपान गर्ने समेत मन्दिर परिसरमा पाइएको छ । यी विविध समस्याले गर्दा पुजा पाठ गर्ने राम्रो वातावरण नै नभएको मन्दिरमा दैनिक पुजा गरिरहेका पंण्डित योगेश घिमिरेले बताउनु भएको छ । 

यता मन्दिरको निर्माणका लागी सहयोग गरेका सहयोगीहरुले मन्दिर पुन निर्माण गरेको ३ वर्ष हुँदा पनि  आफ्नो नाम शिलालेखमा नराखिएको भनि गुनासो गर्दै आएका छन् । संरक्षणको पर्खाइमा रहेको मन्दिरलाई चाँडै नै  नयाँ मन्दिर समिति बनाइ मन्दिरको संरक्षणमा जोड दिने र सहयोगीहरुको नाम पनि शिलालेखमा राखिने समितिका सचिव चन्द्र प्रसाद भट्टराईको भनाइ रहेको छ । 

फिदिम नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्रको राम्रो सम्भावना बोकेको शिवालय मन्दिरमा सुरक्षाको व्यवस्था, विजुली तथा सिसि क्यामेरा समेत जोडी स्थानिय सरकार र जनस्तरबाट नै  संरक्षणमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ रहेको छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ