२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो पाँच दिनदेखि कोरोना संक्रमितको संख्या घट्दो क्रममा

२०७८, २ जेष्ठ आईतवार १४:४२

जेठ २, काठमाडौँ | गत बुधबारदेखि कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको संक्रमितहरुको तथ्यांकले देखाएको छ । गत मंगलबार नेपालमा हालसम्मकै धेरै ९ हजार ३१७ जना संक्रमित भेटिएका थिए, त्यसयता निरन्तर संक्रमितको संख्या घट्दै गएको छ । 

गत बुधबार संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा  ७९ जनाले घटेर ९ हजार २३८ मा झर्यो । त्यस्तै बिहिबार बुधबारको तुलनामा ३९६ जना कम भएर ८ हजार ८४२ मा झर्यो । त्यस्तै शुक्रबार संक्रमितको संख्या ८ हजार ४६७ मा झर्यो । सनिबार पनि अघिल्लो दिनको तुलनामा कोरोना संक्रमित संख्या घटेर ८ हजार ४६ मा झर्यो । त्यस्तै आइतबार (आज) संक्रमितको संख्या सनिबारको तुलनामा एकै दिनमा ६७८ जनाले घटेर ७ हजार ३६८ मा झरेको छ । 

नेपालका कोरोना संक्रमणको अवस्था एकाएक बढेपछि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना भईरसको इन्डियन भेरिएन्ट आएसंगै नेपालमा संक्रमणको कारण मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो समय कयौं बिरामीले अक्सिजन तथा समयमै उपचार नपाएको कारण मृत्यु भईरहेको गुनाशो आईरहेको बेला हालै चीन र खाडीका नेपालीहरुले गरि १८ हजार ५०० भन्दा बढी अक्सिजन सिलिन्डरहरु नेपाल पठाएका छन् । 

नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या ४ लाख ५५ हजार २० पुगेको छ । आजसम्म ३ लाख ३९ हजार ७५६ जना निको भएका छन् । हालसम्म कोरोनाको कारण ५ हजार एक जनाले ज्यान गुमाएका छन् । यो मृत्युदर कुल संक्रमितको १.१ प्रतिशत हो । 

पछिल्लो २४ घण्टामा कति परीक्षण भए ? 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप १९ हजार ४३९ जनाको पिसिआर परीक्षण तथा २४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यसरी परीक्षण गर्दा पिसिआर विधिबाट सात हजार ३१६ तथा एन्टिजेनबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

नेपालमा हालसम्म २७ लाख ७० हजार ९८० जनालाई पिसीआर बिधिबाट परीक्षण गराइएको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८  सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको भई घर फर्कनेको संख्या शनिबार पाँच हजार ४५५ रहेको थियो । तथ्यांक अनुसार हाल संस्थागत आइसोलेसनमा सात हजार ८०८ तथा होम आइसोलेसनमा एक लाख दुई हजार ४५५ संक्रमित रहेका रहेका छन् । हाल देशभर ७०१ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।      

उपत्यकामा दुई हजार ६०९ सङ्क्रमित 


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६०९ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार आठ सय ८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या २९ हजार ६५ रहेको छ । यस्तै ललितपुरमा हाल सात हजार ११८ सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै भक्तपुरमा चार हजार ९७८ सक्रिय सङ्क्रमित छन् । 

जिल्ला अनुसार उपत्यका पछि सबैभन्दा कोरोना संक्रमित भएका जिल्लाहरुमा क्रमश: रुपन्देही, कास्की, सुनसरी, दाङ, सुर्खेत, मकवानपुर, धनुषा, पाल्पा, रौतहट, कपिलवस्तु, बारा र धादिङ रहेका छन् । यी जिल्लाहरुमा तीन हजारभन्दा बढी संक्रमित भेटिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ