साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । 

वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान पिरोलिएका छन् । माटो भिजाएर सिँचाइ गरिने तरकारीबारीमा दिनहुँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । 

वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान पिरोलिएका छन् । माटो भिजाएर सिँचाइ गरिने तरकारीबारीमा दिनहुँ "/>

2026-09-12 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लगातारको वर्षाले तरकारीखेती नष्ट

साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । 

वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान पिरोलिएका छन् । माटो भिजाएर सिँचाइ गरिने तरकारीबारीमा दिनहुँ परेको पानीले बाधा पु¥याएको तरकारी उत्पादक किसान सत्यनारायण यादवले बताउनुभयो । 

तरकारीबाली गोडमेलका लागि माटो रुखो हुनपर्ने भएकाले लगातारको वर्षाले बारी रुखिन नपाउँदा एकपछि अर्को समस्या बढेको किसान बताउँछन् । गोडमेल नगरी कीराको उपचार प्रभावकारी नहुने र उपचारकै लागि पनि घाम लाग्नुपर्ने हुँदा अहिलेको मौसम नै तरकारीबालीका लागि प्रतिकूल भएको पशुपतिनगर– १ का तरकारी उत्पादक किसान महेन्द्रसिंह कुशवाहा बताउनुहुन्छ । 

जिल्लाको बर्दिवास नगरपालिकाका माइस्थान, भव्सी, चेरु, गणन्ता, बरडाँडा, ढुङ्ग्रे र टुटेश्वरलगायत बस्ती परवलखेतीका लागि कहलिएका छन् । तर, यसपाली लगातारको पानीले गोडमेल र उपचार नपाउँदा फागुनसम्म फल्नुपर्ने परवल पहँलिएर सुकेका छन् । 

जिल्लाका पशुपतिनगर, बिजलपुरा, बेलगाछी, माइस्थान, भरतपुर, धमौरा, इकरहिया, बनौटा र भङ्गाहासहितका गाविस बस्ती तरकारी उत्पादनका पकेटक्षेत्र हुन् । जिल्लामा अहिले वर्षभरी मौसमी र बेमौसमी गरी १० हजार हेक्टरमा तरकारीबाली लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस