२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सङ्क्रमण रोक्न प्रभावकारी कदमको माग

१५ जेष्ठ २०७८, शनिबार ०९:०७

रवीन्द्र काफ्ले | जेठ १५, पाँचथर | तीन साता लामो निषेधाज्ञाले सङ्क्रमणको जालो तोड्न नसकी सङ्क्रमितको सङ्ख्या झनै बढ्दै गएको भन्दै यहाँका सरोकारवालाले प्रभावकारी कदमको माग गरेका छन् ।

गत वैशाख २७ गतेदेखि निषेधाज्ञा जारी गरिएपछि यहाँ सङ्क्रमण कम हुने अपेक्षा गरिएकामा पछिल्ला १० दिनदेखि सङ्क्रमण झनै फैलिएको छ । फिदिम नगरपालिकासहित हिलिहाङ, मिक्लाजुङ, कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकामा पछिल्लो पटक समुदायस्तरमा झनै सङ्क्रमण फैलिएको छ । निषेधाज्ञाले सङ्क्रमणको जालो तोड्न नसकेपछि यहाँका नागरिक समाजका अगुवा, पत्रकारलगायतले प्रभावकारी कदम चाल्न माग गरेका छन् । 

महामारी नियन्त्रणमा सरकारी निकायबीच समन्वयको अभाव रहेको, सम्भावित सङ्क्रमितको परीक्षण व्यापक हुन नसकेको, स्थानीय तहहरुबाट एन्टिजेन र पिसिआर किट पर्याप्त मात्रामा खरीद हुन नसकेको, सङ्क्रमण फैलिएका क्षेत्रमा सचेतना विस्तार हुन नसकेको, कन्ट्याक ट्रेसिङको काम प्रभावकारी नभएको उनीहरुको भनाइ छ । 

यस्तै सदरमुकाममा आइसोलेशनको प्रभावकारी प्रबन्ध हुन नसकेको, जिल्ला अस्पतालमा स्वास्थ्य पूर्वाधार विस्तारमा ढिलाइ भएको, सङ्क्रमितलाई होम आइसोलेशनमा राख्ने काम प्रभावकारी नभएको भन्दै सरोकारवालाले स्थानीय प्रशासनसँग प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । नागरिक समाजका अगुवाहरुले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउन प्रेस विज्ञप्तिमार्फत अपिल गरेका छन् । 

उनीहरुले सङ्क्रमणको महामारी नियन्त्रणमा भूमिका खेल्न सरकारी, निजी तथा नागरिकस्तरमा आग्रह गरेका छन् । नागरिक समाजद्वारा प्रेस नोटमा निषेधाज्ञाको प्रशासनबाट प्रभावकारी अनुगमन नहुनु तथा नागरिक स्तरबाट पालना नहुनु, अत्यावश्यकबाहेक समेत मानवीय आवागमन र जमघट हुनु जस्ता अवस्थाले निषेधाज्ञाले समेत सङ्क्रमणको जालो तोडिन नसकेको उल्लेख छ । 

सङ्क्रमणको जालो तोड्न निषेधाज्ञाको पूर्ण कार्यान्वयन र पूर्ण पालना गर्न उनीहरुले माग गरेका छन् । “बजार र सवारी बन्द भए पनि जुवातास खेल्ने, पार्टी आयोजना गर्ने जस्ता कार्यले सङ्क्रमण व्यापक भएको पाइयो”, नागरिक अगुवा प्रेम ओझाले भन्नुभयो, “यस्ता कुरामा निगरानी भएन, सङ्क्रमणको आशङ्का गरिएकाले स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छैन ।” 

नागरिक अगुवाहरुले सङ्क्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका बिरामीहरुलाई स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्थालगायत निकायबाट अनुगमन, स्वास्थ्य परीक्षण, औषधि वितरण, मनोसामाजिक परामर्श नभएको भनी बिरामीले गुनासो गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । “विशेषतः स्थानीय सरकार सङ्क्रमितको अवस्था बुझ्ने, मनोसामाजिक परामर्श दिने, उचित सल्लाह दिने काममा लाग्नुपथ्र्यो”, मानवअधिकारकर्मी मङ्गल बेघाले भन्नुभयो, “परीक्षण गर्न नमान्ने, परीक्षणको नतिजा ढिलो आउने जस्ता समस्याले पनि सङ्क्रमण फैलन मद्दत गरेको छ ।” 

जिल्लामा कोभिड–१९ सँग मिल्दोजुल्दा लक्षण देखिएका बिरामी विनापरीक्षण आफ्नो नियमित काममा रहेका रहने गरेको पाइएको छ भने कतिपय सङ्क्रमित आइसोलेशनमा नबसेका कारण सदरमुकाम क्षेत्रमा सङ्क्रमण दिनानुदिन फैलँदै गएको छ । “सङ्क्रमितहरुलाई होम आइसोलेशनमै राख्ने, स्वास्थ्यमा बढी समस्या देखिएका सङ्क्रमितलाई न्यूनतम जिल्ला अस्पतालमा ल्याउने गर्नुपर्छ”, नागरिक अगुवा युधिष्ठिरराज आमगाईंले भन्नुभयो, “स्थानीय तहमा उपलब्ध बजेटलाई कोभिड–१९ नियन्त्रणमा सम्पूर्ण हिसाबले लगानी गरियो भने सङ्क्रमण रोकथाममा धेरै काम हुनसक्छ ।”

यस्तै जिल्ला अस्पतालमा आइसियु, भेन्टिलेटरसहितको सेवा चाँडो सञ्चालनमा ल्याउन मागसमेत नागरिक समाजले गरेको छ । श्रमिक, विपन्न वर्गलगायतलाई स्थानीय तहबाट राहत उपलब्ध गराउन र यसमा सहयोग गर्न निजी क्षेत्रसँग उनीहरुले आग्रह गरेका छन् । जिल्लामा सङ्क्रमणको जालो तोडिन नसकेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला नागरिक सङ्घसंस्थाले समयमै सङ्क्रमण रोकथाम गरी मानवीय क्षति रोक्न समुदाय र सरकारी निकायको ध्यानाकर्षण गराएका हुन् । 

जिल्लामा सङ्क्रमितहरुले स्थानीय तहबाट प्रभावकारी काम नभएको गुनासो गरेका छन् । कोभिड–१९ बाट सङ्क्रमित भई होम आइसोलेशनमा रहनुभएका पत्रकार तुलसी थापाले भन्नुभयो, “स्थानीय सरकारको काम चाहिँ रिबन टाँगिदिने बाहेकको अरू देखिएन, परीक्षण गर्ने र घरमा बस भन्ने मात्रै भयो ।” समाजले हेर्ने दृष्टिकोण नबदलिँदा सङ्क्रमितलाई मानसिक रुपमा समस्यामा पार्ने गरेको उहाँको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा कडाइ गर्नाका साथै स्थानीय तहलाई समेत प्रभावकारी कदम चाल्ने आग्रह गर्ने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यायदेश–२०७८ बमोजिम निषेधाज्ञालाई कडाइ गर्ने जनाएको छ । 

“स्थानीयस्तरमा वडाध्यक्षको नेतृत्वमा परामर्श दिन, होम आइसोलेशनमा राख्न, सङ्क्रमितलाई सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ, आवश्यकताअनुसार सुरक्षा निकायसमेतले साथ दिने निर्णय लिइए पनि त्यसले पनि राम्रोसँग काम गरेको छैन्”, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भन्नुभयो, “पछिल्लो पटक टोल सुधार समूहको माध्यमबाट जाने कार्यक्रमले केही सुधार गर्ने अपेक्षा गरिएको छ ।” सबै वडामा टोल सुधार समूह गठनका काम शुरु भएको उहाँले बताउनुभयो । 

निषेधाज्ञाकै बीचमा पनि सङ्क्रमण ग्रामीण क्षेत्रमा व्यापक भएको कुरा पुष्टि हुँदै भएको जनाउँदै प्रजिअ ढकालले परीक्षणलाई विस्तार गर्न पाँच हजार थान एन्टिजेन किट जिल्लामा ल्याइएको जानकारी दिनुभयो । “अब परीक्षण गर्न नमान्नेलाई मनाउन टोल सुधार समूहले मनाउँछ, अन्यथा बल प्रयोग गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “कन्ट्याक टे«ेसिङ, चेतना विस्तारका काममा शिक्षकलाई खटाउने भनिए पनि शिक्षकलगायत प्रबुद्ध वर्गले नै आनाकानी गरेको पाइएको छ ।”

जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याई बाहिरबाट आउनेलाई सचेत तुल्याइएको, लेभल १ अस्थायी अस्पतालको विस्तार भइरहेको, अक्सिजन प्लान्ट स्थापनाको कार्य प्रक्रियामा गइसकेको उहाँले बताउनुभयो । जिल्लामा शुक्रबारसम्म ५६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा ज्वरो, रुघाखोकीलगायतका बिरामी प्रशस्तै भेटिन थालेका छन् । यस्ता बिरामीमध्ये परीक्षण गरिएका अधिकांशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु