२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण

२१ जेष्ठ २०७८, शुक्रबार १५:५५

पूर्णप्रसाद न्यौपाने, जेठ २१, ओखलढुङ्गा (रासस) ।  राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । 

प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको प्रमुख आतिथ्यतामारुम्जाटारमा आयोजित कार्यक्रमबीच प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाईले प्रदेश सरकारलाई उक्त आयोजना जिम्मा लगाएको हो । 

गत ३० डिसेम्बर २०१८ मा तामाङ कुमार जेभीले कालोपत्रेको सम्पूर्ण काम ३० मे २०१९ सम्ममा काम सक्नेगरि ठेक्का लिएको थियो । पटक पटक म्याद थप र स्थानीयको दवावपछि ठेकेदार कम्पनीले काम सकेको थियो । 

भ्याटसहित २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँ ९२ पैसामा कालोपत्रे गरिएको उक्त सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध र सरोकारवालाको खवरदारी पछि ठेकेदारले सडक मर्मत गरेको थियो । 

उक्त आयोजनालाई तत्काल सुधार गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बताउनुभयो । आयोजना हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले ठेकेदारले राम्रो काम नगर्दा सर्वाधिक महत्वको सडक विकास दिगो नभएको भन्दै यसलाई सुधार गर्न आफूले तत्काल योजना अघि बढाउने बताउनुभयो ।

यसअघि संघ सरकार अन्तरगतको पुनर्निर्माण प्राधिकरणले यो आयोजना हेरिरहेकाले प्रदेश सरकारको क्षेत्राधिकार भित्र नपर्दा गुणस्तरीय कामका लागि आफुले ताकेता गर्न नमिलेको बताउँदै तत्काल सडक सुधारको काम थालिने मन्त्री गुरुङको भनाई छ ।

पुननिर्माण प्राधिकरण अन्तर्गत गुणस्तरीय काम नभएकाले प्रदेश सरकारले जिम्मा लिनुपरेको मन्त्री गुरुङको भनाई थियो । जिल्लाका अधुरा योजनाको तिव्रता र गुणस्तरहीन संरचनाको सुधारमा आफू निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुंगा–रुम्जाटार सडक कालेपत्रे गरिएको थियो । उक्त परियोजना अन्तरगत ओखलढुंगा–रामपुर–लप्सेफेदी सडक आयोजनाको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह