2026-09-12 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश १ का ७० हजारलाई खोप लगाइने

जेठ २३, मोरङ (रासस) । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशका ७० हजार नागरिकलाई कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाईने बताउनुभएको छ । उहाँले सरकारले तोकेको मापदण्डअनुसार यही जेठ २५ गतेदेखि प्रदेशका १४ जिल्लाका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई खोप लगाइने बताउनुभयो ।

मन्त्री राईले विश्व स्वास्थ्य सङ्गठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई मात्र लगाउन निर्देशन दिएको बताउनुभयो ।

प्रदेशका १४ जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । उहाँले सोमबारसम्म प्रदेशका सबै जिल्लामा खोप पुग्ने पुगिसक्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशमा दुवै मात्राका लागि एक लाख ४० हजार ५०५ मात्रा खोप पठाएको छ । प्रमुख साहका अनुसार दुवै पटकको खोपका लागि ताप्लेजुङमा तीन हजार ७०३, सङ्खुवासभामा चार ४००, सोलुखुम्बुमा दुई हजार ८८५, ओखलढुङ्गामा चार हजार २९१, खोटाङमा चार हजार ८४८, भोजपुर चार हजार ३४७, धनकुटामा चार हजार ८५३, ते¥हथुममा दुई हजार ८४६, पाँचथरमा पाँच हजार ५८१, इलाममा आठ हजार ८६२, झापामा २६ हजार ४१९, मोरङमा ३१ हजार १८५, सुनसरीमा २६ हजार १३२, उदयपुरमा १० हजार १५१ डोज खोप पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन