2026-09-12 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापारीले घटाए मकैको मूल्य, किसान चिन्तित

जेठ २४, झापा (रासस)। मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । कोभिड–१९ को महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन् । व्यापारीले मनोमानीरूपमा घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित बनेका हुन् ।

वैशाखमा निषेधाज्ञा लाग्नु अघिसम्म मकै प्रतिक्विन्टल रु दुई हजार ४०० मा विक्री हुने गरेको थियो । अहिले स्थानीय व्यापारीले किसानलाई प्रतिक्विन्टल रु एक हजार ९०० भन्दा बढी मूल्य दिएका छैनन् । दुई वर्षअघि नै प्रतिक्विन्टल रु तीन हजारमा किसानले मकै बेचेका थिए । 

झापाको कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादहमा मकैको जोन तथा पकेट क्षेत्र विकास गरिएको कारण मकैको उत्पादन बढेको छ । जिल्लामा ४० हजार हेक्टर जमीनमा लगाइएको मकै खेतीबाट करिब दुई लाख ४० हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 

कचनकवल गाउँपालिका–४ का किसान रघुनन्द गणेशले अढाई बिघा जमीनमा मकै खेती गर्नुभएको थियो । प्रतिबिघा ५० क्विन्टलका दरले उत्पादन भएको जनाउँदै उहाँले व्यापारीकै मूल्यमा प्रतिक्विन्टल रु एक हजार ९०० का दरले बेच्नु परेको बताउनुभयो । “लकडाउन नभएको भए भारतीय व्यापारी पनि आउँथे, आफ्नो दाममा बेच्न पाउँथौं ”, उहाँले भन्नुभयो, “तर यतिबेला स्थानीय व्यापारीलाई उनीहरुकै दाममा दिनुपर्दा मकैमा फाइदा भएन ।”

केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले जिल्लामा रहेका दाना उद्योगहरुले भारतको कोलकाताबाट मकै खरिद गरी ल्याउने र कुनै पनि पालिकामा मकैको लेबलिङ, प्याकेजिङ गरेर ग्रेडिङ छुट्याउने उद्योग नहुँदा किसानले आफ्नो उत्पादन सस्तो मूल्यमा बेच्नुपरेको बताउनुभयो ।

“जिल्लामा धानपछि सबैभन्दा बढी उत्पादन मकैको हुन्छ”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो हुन्छ तर बजारीकरणमा समस्या हुँदा उनीहरु निरुत्साहित हुन थालेका छन् ।” उहाँले धानमा जस्तै सरकारले मकैको पनि समर्थन मूल्य तोकिदिएको भए किसानलाई राहत हुने उहाँले बताउनुभयो । 

उहाँले जिल्लाका मकै किसानहरु एकीकृत हुन नसक्दा पनि व्यापारीहरुले आफूखुशी मूल्य निर्धारण गरेको बताउनुभयो । जिल्लामा मकै जोन र पकेट क्षेत्रहरु घोषणा गरेर खेती गर्न सरकारले किसानलाई प्रेरित गरेर पनि बजारीकरणमा सहयोग नगर्दा समस्या भएको मकै किसानहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन