2026-09-12 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरका स्थानीयतहलाई १३ लाख मूल्यका स्वास्थ्य सामग्री

जेठ २६, पाँचथर (रासस)। पाँचथर समाज, काठमाडौँले जिल्लाका स्थानीय तहहरूलाई रु १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । समाजका सदस्यहरू तथा दाताहरूबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीईलगायत सामग्री समाजले जिल्लाका आठ वटै स्थानीय तहहरूलाई उपलब्ध गराएको हो ।

फिदिममा आयोजित कार्यक्रममा समाजका सचिव एवम् स्वास्थ्य सामग्री वितरण समितिका संयोजक भूमिका सुब्बाले प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक पुण्यप्रसाद ढकालमार्फत स्थानीय तहहरूलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

समाजले रु १३ लाख २६ हजार ५०० मूल्यका सामग्री उपलब्ध गराएको हो । समाजले जिल्लाका सात वटा गाउँपालिकाहरूलाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । समाजले एण्टिजेन किट सबै गाउँपालिकालाई ५० थानका दरले र फिदिम नगरपालिकालाई ३०० थान उपलब्ध गराएको छ भने सबै स्थानीय तहहरूलाई १५०० थानका दरले मास्क उपलब्ध गराइएको सुब्बाले जानकारी दिनुभयो । यस्तै समाजले जिल्लाका ६० वटै वडालाई पल्स अक्सिमिटर उपलब्ध गराएको छ ।

यस्तै डिस्पोजेवल र रियुजेवल पीपीई ५० वटाका दरले उपलब्ध गराइएको सुब्बाले बताउनुभयो । हालसम्म विभिन्न निकायबाट कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारात्मक व्यवस्था फिदिम केन्द्रीत भएको तर पछिल्लो समय ग्रामीण क्षेत्रमा बढ्दो सङ्क्रमणसँग जुध्न स्थानीय तहमा समेत थप तयारी आवश्यक देखिएकाले स्थानीय तह र सुरक्षा निकायलाई केन्द्रीत गरेर सहयोग गरिएको उहाँको भनाइ छ । 

समाजले काठमाण्डौँमा रहेका कमजोर आर्थिक अवस्थाका पाँचथरेली, उपचाररत, मृतकका परिवार तथा होमआइसोलेशनमा रहेकालाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराउने योजना गराउन थालेको छ । समाजले हालसम्म ३६ घर परिवारलाई राहत रकम हस्तान्तरण गरिसकेको सुब्बाले जानकारी दिनुभयो । समाजले कोभिड–१९ सङ्क्रमणको महामारीमा ‘पाँचथरेली बचाऔँ’ अभियान सञ्चालन गरेको छ । अभियानमा हालसम्म रु १८ लाख, १७ हजार १०५ सङ्कलन भएको समाजले जनाएको छ । “संस्थाका सबै सदस्य र दाताहरूको सहयोगले गर्दा महामारीमा सामग्री उपलब्ध गराउने अवसर समाजले पाएको छ”, समाजका सचिव सुब्बाले भन्नुभयो, “महामारीसँग जुध्न समाजले सहयोगका कार्यक्रम निरन्तर अगाडि बढाउने योजना बनाएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन