२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सामाजिक काममा सम्वृद्ध पाँचथरको आर्थिक सहयोग

२०७८, २६ जेष्ठ बुधबार १४:५४

कमल घिमिरे ।जेठ २६।पाँचथर, जिल्ला अस्पताल पाँचथरमा कोरोना संक्रमित बिरामीको लागि निशुल्क  बितरण गरिदै आएको खानामा समृद्ध पाँचथरले आर्थिक सहयोग गरेको छ।

 स्थानीय सामाजिक व्यक्तिहरु रचना पराजुली, दिपक नेपाल,होम थापा,सन्तोष मोक्तान,उमेश शाहा मिली फ्रेन्ड्स फरएबर नामको समुह बनाई सञ्चालन गर्दै आएको निशुल्क भोजन बितरणमा  सम्वृद्ध पाँचथरले दश हजार रुपैयाँ  आर्थिक सहयोग गरेको हो ।

यसैगरी फिदिम नगरपालिका वडा नं. ४ जोरसालमा आगोलागीबाट घाइते   तथा मृत्यु भएका सापकोटा परिवारलाई सहानुभूति प्रकट गर्दै राहात स्वरुप पाँच हजार रुपैयाँ सम्वृद्ध पाँचथरका अध्यक्ष भुमिका सुब्बा  ले हस्तान्तरण गर्नुभएको हो। सोही अवसरमा पाँचथर समाज काठमाडौंलाई समेत २५हजार १ सय २५ रुपैयाँ  रकम समेत अध्यक्ष  सुब्बाले  हस्तान्तरण गर्नुभएको छ ।

समस्यामा परेका नागरिकहरु तथा संघ संस्थालाई सदैव सहयोग गरिने सम्वृद्ध पाँचथरका उपाध्यक्ष सुर्य कुमार निरौलाले बताउनुभयो  ।

जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई फ्रेन्ड्स फरएबर समुहले पोसिलो खाना,आयुर्वेदिक औषधी, रोग प्रतिरोधात्मक खानेकुराहरु बितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ