2026-09-12 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथर अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न मुख्यमन्त्रीलाई पत्र

कमल घिमिरे। २७ जेठ। पाँचथर,   भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गर्नुभएको छ ।

मङ्गलबार मुख्यमन्त्री राईलाई पत्र पठाउँदै मन्त्री नेम्वाङले पाँचथर सहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने पाँचथर जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेकाले स्तरोन्नति गरी बजेटको ब्यवस्था गरिदिन आग्रह गर्नुभएको हो । मन्त्री नेम्वाङले भौतिक पूर्वाधार समेत तयार भएकाले पाँचथर अस्पताललाई १०० शैय्यामा स्तरोन्नतिको नीतिगत निर्णय र बजेटको प्रवन्ध आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत गर्न समेत आग्रह गर्नुभएको छ । उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री राईले मन्त्री नेम्वाङको आग्रह र पाँचथर जिल्ला अस्पतालमा सेवाग्राहीको चापका आधारमा उपयुक्त निर्णय लिने वचन दिनुभएको मन्त्री  नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिनुभयो ।

पाँचथर सहित तीन छिमेकी जिल्ला इलाम, तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीले सेवा लिने गरेको जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेको मन्त्री नेम्वाङले वताउँदै आउनुभएको छ । ५० शैय्याका लागि भवन लगायत संरचना समेत निर्माण भइरहेको जिल्ला अस्पतालको शैय्या विस्तारको नीतिगत निर्णय हालसम्म हुन सकेको छैन्। दुई साताअघि जिल्लाका सरोकारवालाहरुसँग आयोजित भर्चुअल बैठकमा मन्त्री नेम्वाङले जिल्ला अस्पतालको स्तरोन्नतिलाई आफूले मुख्य प्राथमिकतामा राख्ने वताउनुभएको थियो । मन्त्री नेम्वाङकै पहलमा गत वर्ष जिल्ला अस्पतालमा आइसीयू र भेण्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड–१९ आकस्मिक कोषबाट रु. दुई करोड बजेट समेट छुट्टिई संरचना निर्माणको प्रकृया अगाडि बढेको छ । 

२०० शैय्याभन्दा कम क्षमताका अस्पताल प्रदेश सरकार मातहत रहने नीतिगत ब्यवस्था छ । सोही ब्यवस्थाबमोजिम पूर्वी पहाडमा धेरै सेवाग्राहीले सेवा लिने पाँचथर अस्पतालको स्तरोन्नति गर्न मन्त्री नेम्वाङले पहल लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग